महर्षि अत्रि – अनसूयादेखि अत्रि गोत्र गौतम थर हुँदै गौतम वंशावली २०६८ 

महर्षि अत्रि – अनसूयादेखि अत्रि गोत्र गौतम थर हुँदै गौतम वंशावली २०६८ सम्म आइपुग्दा
 –  खेमलाल गौतम

    श्रीनारायण  शेषशायी प्रभुका नाभिबाट उत्पन्न कमलको फूलमा ब्रह्माजी उत्पत्ति भए , श्रीनारायणबाट सृष्टिको आज्ञा पाएका ब्रह्माजीले १० मानस पुत्र उत्पन्न गरे । ती हुन्ः– (१) मरीचि(२) अत्रि (३) अङगिरा (४) पुलस्त्य (५) क्रतु (७) भृगु (८) वशिष्ट (९) दक्ष (१०) नारद । 
    महर्षि अत्रि ब्रह्माजीका द्वितीय मानस पुत्र (नेत्रबाट उत्पन्न) हुन् । महर्षि अत्रिको विवाह कर्दम ऋषि र देवहूति (स्वायम्भुवमनु पुत्री) कपिल ऋषिकी बहिनी अनसूयासँग भएको भन्ने पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । 
    महर्षि अत्रि र अनसूयाले सर्वप्रथम ऋक्षनामक कुलाद्रिमा गएर घोर तपस्या गरे । तपस्याद्वारा त्रिदेव, ब्रह्मा, विष्णु, महेशलाई रिझाई अत्रि–अनसूयाका पुत्रका रूपमा आउनुपर्ने वरदान प्राप्त गरेकोमा सोही बरदानलाई पूरा गर्न त्रिदेवले अत्रि–अनसूयाका पुत्रका रूपमा आउनुपरेको कुरा पुराण आदि पौराणिक ग्रन्थहरूमा उल्लेख पाइन्छ । साथै अत्रि–अनसूयाले महादेवको तपस्या गरेर प्रसन्न तुल्याई वरदान प्राप्त गरेर केदार खण्डमा अत्रीश्वर ज्योतिर्लिङ्गको स्थापना गरेका कुराहरू पौराणिक ग्रन्थहरूमा उल्लेख पाइन्छ । 
    महर्षि अत्रि वेदका मन्त्रद्रष्टाका साथै तप, दान , यज्ञका अतिरिक्त विश्वकल्याणका निमित्त अनेकौ कार्यहरूका साथै अत्रिस्मृति, अत्रिसंहिता आदि ग्रन्थहरूको रचना गरेर लोककल्याणका कार्यहरू प्रशस्त गरेको पाइन्छ । 
    महर्षि अत्रि तथा माता अनसूयालाई दिएको वरदान पूरा गर्न र यदाकदा नारी जातिमा देखिने ईष्र्याभावलाई दर्शाउन (त्रिदेव) ब्रह्मा, विष्णु र महेशले उपयुक्त वातावरणमा देवर्षि नारद मार्फत (त्रिदेवी) लक्ष्मी,सरस्वती र पार्वती समक्ष गएर चित्रकूटकी देवी अनसूयाको पातिव्रत्य एवं उनमा भएको कलाकौशल गुणहरूका अगाडि तपाइँहरू उनका गोडाको रौं बराबर पनि हुनुहुन्न भनेर ज्यादै होच्याउने कार्य गराएकोमा नारदका कुराले ज्यादै क्रुद्ध भएका त्रिदेवीहरूले आ–आफ्ना पति त्रिदेवलाई अनसूयाको पातिव्रत्यको परीक्षा  लिनका लागि जानैपर्ने विवशता सिर्जना गराए । 
    त्यसपछि (त्रिदेव) ब्रह्मा, विष्णु र महेश साधारण मनुष्यको रूप धारण गरेर अतिथि (मिक्षुक) का रूपमा अत्रि अनसूया आश्रम चित्रकूट पुगें । त्यस बखत महर्षि अत्रि स्नान सन्ध्या तपमा भएका कारण अतिथिहरूको स्वागत गर्न माता अनसूया जल, अर्घ, मधुपर्क, आदि लिएर भिक्षुकरूपी त्रिदेवका अगाडि आउँदा भिक्षुकहरूले (माता अनसूयाको परीक्षा लिन) तपाई निर्वस्त्र भएर स्वागत गर्नुहुन्छ भने मात्र आतिथ्य स्वीकार गर्दछौं नत्र स्वीकार गर्दैनौं भनेकोमा आफ्नो तपोबलद्वारा  विचार गर्दा अतिथिहरू साधारण मनुष्य नभएर (त्रिदेव) ब्रह्मा, विष्णु, महेश नै आफ्नो परीक्षा लिन आएको भन्ने थाहा पाई माता अनसूयाले आफ्नो कमण्डलुबाट तीनै जना अतिथि उपर जल सेचन गरेर ६ महिने अबोध दूधे बालक तुल्याएर आफू निर्वस्त्र भएर स्वागत गर्दै पालैपालोसँग काखमा लिएर स्तन पान गराउँदै पुत्रवत् व्यवहार गर्न लाग्नुभयो । महर्षि अत्रि कुटीमा फर्केर आउँदा सबै कुरा माता अनसूयाबाट थाहा पाउँदा ज्यादै हर्षित भएर पुत्ररूपी बालक (त्रिदेव) को दर्शन गर्दै आफू दम्पतीको अहोभाग्य भनेको कुरा पौराणिक ग्रन्थहरूमा उल्लेख छ । 
उता (त्रिदेव) ब्रह्मा, विष्णु, महेशका वियोगमा छट्पटिएका त्रिदेवीः– लक्ष्मी, सरस्वती, पार्वती नारदमुनि कहाँ गएर नारदले सल्लाह दिएअनुसार त्रिदेवीहरू माता अनसूयाका शरणमा गएर माफी माग्दै त्रिदेवहरूलाई पूर्ववत् तुल्याइदिने याचना गरेपछि माता अनसूयाले पुनः कमण्डलुबाट जल सेचन गरेर पूर्ववत तुल्याइदिएकोमा त्रिदेवले माता अनसूयासँग अब हामी तपाईका पुत्र भयाँै माताको इच्छापूर्ण गराउनु हाम्रो कर्तव्य भएको हुँदा इच्छा अनुसार वर माग्नुहोस् भनेकोमा माता अनसूयाले हाम्रा सन्तानको रूपमा जन्म लिएर जगत कल्याणको कार्य गर्ने वर मागेकोमा तथास्तु भनी वरदान दिएर आ–आफ्ना पत्नी सहित आ–आफ्ना लोकतर्फ जान लाग्दा पत्नी सहित त्रिदेवले अत्रि–अनसूयालाई दण्डवत् गरी प्रणाम गरेर आ–आफ्ना लोकतर्फ लागेको कुरा पौराणिक ग्रन्थहरूमा उल्लेख पाइन्छ । 
    महर्षि अत्रि तथा माता अनसूयालाई दिएको वरदान पूरा गर्न त्रिदेवहरूले  यथासमयमा विष्णुको अंशबाट महायोगी दत्तात्रेय, ब्रह्माको अंशबाट सोम (चन्द्रमा) र शंकरको अंशबाट त्रिकालदर्शी महामुनि  दुर्वासा  भई अत्रि अनसूया पुत्रका रूपमा उत्पन्न भएको कुरा ग्रन्थहरूमा वर्णन गरिएको छ । 
    त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम तथा सीता अत्रि अनसूया आश्रम चित्रकूटमा गएर  श्रीरामले महर्षि अत्रिसँग शिक्षा लिएको तथा जगतजननी सीताले माता अनसूयाबाट पतिव्रता, नारी धर्म आदि विषयमा शिक्षा लिएको तथा श्रीरामसँग सीताजीले माता अनसूयाको ज्ञान, ,तपोबल, कार्यकुशलता आदिका बारेमा गरेको वर्णन तथा माता अनसूयाले चित्रकूट आश्रमबाट विदा गर्दा उपहार स्वरूप सीताजीलाई दिएको अलौकिक वस्त्र धारण गरेका कारणबाट नै रावणको लङ्कामा सीताजी सुरक्षित रहेको कुरा रामायणमा उल्लेख छ । 
    माता अनसूयाले आफ्नो पतिव्रताधर्म, तेज तथा तपोबलद्वारा माण्डव्य ऋषिका श्रापबाट सूर्यको दर्शन हुनासाथ मृत्युका लागि विवश भएका वृद्ध एर्व कुष्ठ रोगद्वारा रुग्ण बाह्मणीका पति कौशिकलाई जीवित राख्न निश्चित कालसम्म सूर्यको उदय प्रक्रियालाई समेत रोकेर कौशिकलाई जीवित राखेको साथै आफूद्वारा बाधित सूर्यलाई पुनः उदित गराएर संसारमा कीर्तिमान कायम गरेको । सोही दिव्य तेज र आफ्नो तपोबलद्वारा गंगाको पवित्र धारालाई चित्रकूटमा “मन्दाकिनी” का रूपमा प्रवाहित गराएर लोक कल्याणका कार्यहरू गरेको अािद अनेकौं अनसूयाका पराक्रमहरूका बारेमा पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइएको छ । 
    महर्षि अत्रि तथा माता अनसूयाकी पुत्रीको नाम आत्रेयी हो अत्रि + अनसूयाकी छोरी भएका कारण आफ्नी आमा अनसूया जस्तै पतिपरायणता, तपस्विता, कलाकौशल, धर्मनिष्ठता उनमा पनि थियो । महर्षि अत्रिले छोरा सरह नै छोरीलाई पनि शिक्षा–दीक्षा दिएर ३२ किसिमका ज्ञान एवं विज्ञान तथा १३६ किसिमका कला शिल्प विद्याका साथै मूल वेदको शिक्षा–दीक्षा दिने प्रशंसनीय तथा अनुसरणीय कार्य गरेकै कारणबाट आत्रेयी सबै शिक्षामा पारङ्गत एक विदुषी ऋषिका थिइन् । ऋषिका आत्रेयीको विवाह अग्निपुत्र अङ्गिरा ऋषिसँग भएको थियो । अग्निपुत्र ( तातो अँगारबाट उत्पन्न ) भएका कारण अङ्गिरा ज्यादै उग्र स्वभावका भएका हुँदा अङ्गिराको उग्र स्वभाव शान्त गराउनका निमित्त आत्रेयीले अग्नि(ससुरा) को आज्ञा लिएर नदी    (जल) रूप धारण गरेर अङ्गिरा ऋषि आगोमा पसेर तपस्या गर्न लागेको बखत आगोमा प्रवेश गरेर अङ्गिरा ऋषि (आफ्ना पति ) को उग्रस्वभावलाई शान्त पारेको हुनाले सो नदी आजसम्म पनि “पुरुषी”नामले प्रसिद्ध रहेर बग्दै गंगाजीमा समाहित भैरहेको कुरा ग्रन्थहरूमा उल्लेख पाइन्छ । 
अत्रि गोत्रमा ३ प्रवर (त्रिप्रवर) रहेको पाइन्छ , जस्तै ः– अत्रि, अर्चनानस, श्यावाश्व ३ हुन् । 
    अत्रि गोत्रमा हालसम्मको खोजतलासमा १४ थरहरू फेला परेका छन् । ती थरहरू हुन् – (१) गौतम, (२) चापागाई, (३)ठाडाराई, अधिकारी,(४)ओझा, (५)वस्ती, (६)कडरिया, (७)खतिवडा, (८)मिश्र, (९)श्रीमल्ल,     (१०)पहाडी, (११)शाहठकुरी, (१२)समाल(हमाल), (१३)जोशी, (१४)डोटेल । यसका अतिरिक्त केही अरू थरहरू पनि अत्रि गोत्रमा पर्दछन् भन्ने पाइएतापनि स–प्रमाण फेला नपरेका कारण १४ भन्दा माथिको विषयमा एकिन हुन सकेको  छैन । 
    अत्रिगोत्रीय गौतम बन्धुहरूमा विभिन्न देवी–देवताहरू मान्ने चलन भएतापनि हाम्रा इष्ट देवता ः शंकर (महादेव) कुल देवता ः वराह (महेन्द्र वराह ) कुलदेवी षोडशी अर्थात् ललित महात्रिपुरा सुन्दरी         ( ललिताम्बिका ) हुन् । 
    महर्षि अत्रि + अनसूयाका ३ पुत्रहरू (१) दत्तात्रेय (२) दुर्वासा (३) सोम (चन्द्रमा ) हुन् । दत्तात्रेय दुर्वासाले विवाह नै नगरेका कारण दुवै जनको सन्तान हुने कुरै आएन । हामी अत्रि गोत्रीयहरू सोम (चन्द्रमा)का सन्तान भएको कुरा स्वतः सिद्ध हुन्छ । 

    सोमबाट बुध, बुधबाट पुरुरवा, पुरुरवाबाट नहुष, नहुषबाट ययाति, ययातिबाट, कार्तवीर्य भए । यसै वंशमा विश्वामित्र जस्ता राजर्षि एवं भरत, गाधि , युधिष्ठिर आदि जस्ता पुराणप्रसिद्ध राजाहरू भएका थिए । त्यसपछिका पुर्खा–क्रम क्रमिक रूपमा जोड्नलाई अनेकौं पुस्तासम्म खोजबीन गर्न नसकिएतापनि क्रमिक रूपमा पत्ता लागे सम्मको वंशक्रम जोड्ने प्रयासको फलस्वरूप प्राप्त भए सम्मको पुस्तावलीमा ऋतुभद्रलाई मूल पुरुषका रूपमा कायम राखेर गौतम वंशावली २०५८ प्रकाशन भएको र प्रकाशोन्मुख २०६८ को गौतम वंशावली पनि सोही आधारमा प्रकाशन हुन गैरहेको छ । जस्तै (१) ऋतुभद, (२)……..,   (३) गोपालभद्र, (४) व्यासभद, (५) विकुभद्र,  (६)कुशिकभद्र, (७)जयेन्द,्र (८)काशीदास (१६ औं शताब्दी तिर सिजादरा (जुम्ला) आउने व्यक्ति ) काशीदासका ५ भाइ छोराहरूः– (९क) जयकर, (९ख)भास्कर, (९ग) प्रभाकर, (९घ)विलल्ल, (९ङ लल्लक हुन् । यहाँ सम्मका पुर्खाहरू विभिन्न थरहरूमा विभाजित नभई अत्रि गोत्रबाटै चलेको पाइन्छ । त्यसपछि आएर (९क) जयकरका सन्तानहरू श्रीमल्ल, वस्ती, कडरिया आदि थर कायम भएको पाइन्छ । (९ख) भाकरका सन्तानहरू ठाडाराई, अधिकारी, खतिवडा,जोशी, डोटेल आदि थर कायम भएको पाइन्छ । (९ग) प्रभाकरको सन्तानहरू ओझा , मिश्र आदि थर कायम भएको पाइन्छ । (९घ) विलल्लका सन्तानहरू समाल (हमाल), पहाडी, शाहठकुरी आदि थर कायम भएको पाइन्छ । (९ङ) लल्लकका २ भाइ छोराहरू गौतम र चापागाई थर कायम भएको पाइन्छ । (९ङ) लल्लकका २ छोराहरूमा दुवैले तत्कालीन राजाबाट विर्ता पाएकोमा चापागाउँ विर्ता पाउनेका शाखा सन्तान चापागाई र गोतम विर्ता पाउने (१) गोतमदासका शाखा सन्तानहरू गोतम विर्तामा बसोबासका कारणबाट होस् अथवा गोतमदासका सन्तान भएका कारणबाट गोतमदासका पालादेखि हामीहरू गोताम्य, गोतम्या, गोतम, गोतामे, आदि शब्दबाट थर उच्चारण हुँदै धेरै लामो समय सम्म गोतामे नै भन्ने वा लेख्ने चलन चलेको पाइन्छ । 
यस प्रकार ऋतुभद्रदेखि ९ पुस्तासम्म हामी गौतमहरू समेत सम्पूर्ण (अत्रि गोत्रीय) सगोत्री बन्धुहरू अत्रि गोत्रमा नै आबद्ध थियौ । १० औं पुस्ताका गोतमदास देखि मात्र थर लेख्ने क्रम शुरु भएर गोतम, गोथम, गोतम्या, गोतामे हुँदै आएको साथै “गोतामे ” धेरै समयसम्म चलेको र हालसम्म पनि गोतामे भन्ने लेख्ने चलन छँदै छ । 

विद्वच्छिरोमणि पं. कुलचन्द्र गौतमज्यू द्वारा “ ऋष्यन्धकवृष्णिकुरुम्यश्च” भन्ने सूत्र लगाई विकसित शब्द “ गौतम ” लेख्न १९ औ शताब्दीबाट शुरु गरे पछि हामीले गोतामेबाट गौतम लेख्न थालेको लगभग १०० वर्ष हुँदैछ । 

ऋतुभद्रदेखि १० औं पुस्ताका गोतमदास पछि क्रमशः (११) शिवदास, (१२) विष्णुदास, (१३) दिवोदास (१४) दिवाकर, (१५) शिवोदेव, (१६) प्रभाकर, (१७) अरिकर, (१८) भास्कर, (१९) उदयकर, (२०) दिवाकर,     (२१) हिम्बुक, (२२) इम्बुक, (२३) निम्बुक, (२४) गोसल्भ, (२५) सैगुन, (२५) केदार हुन् । केदारका २ छोराहरूः– (२७क) श्यामदास, (२७ख) कावरी हुन् । (२७ख) कावरीका छोरा (२८) लक्ष्मीधर हुन् । लक्ष्मीधरका ४ छोराहरूः– (२९क) दिवोदास, (२९ख) हरिदास, (२९ग) श्रीदास, (२९घ) श्रीधर हुन् । वि.सं.१६६९ मा (२९घ) श्रीधर जुम्लाबाट गुल्मी हुँदै पूर्व तर्फ लाग्दा तत्कालीन खाँचीका राजा रामसिंह शाह बर्माबाट विद्वजाको कदर गरेर राज सम्मानका साथ अर्घाखाँची खिदिममा विर्ता पाएपछि श्रीधरको बसोबास अर्घाखाँचीमा भयो । यिनै श्रीधरले खिदिम पोखराथोकमा जुम्लाकी कनकसुन्दरीदेवीको प्रतीक स्वरूप कनकसुन्दरीदेवीको मन्दिर बनाएको र सोही मन्दिर हालसम्म पनि दशैघर भन्ने चलन विद्यमान छ । 
लक्ष्मीधर पुत्र श्रीधरका ५ छोराहरू (३०क)रामुदास, (३०ख)वासुदेव, (३०ग)श्रीदास, (३०घ)गिरिधारी,   (३०ङ)विश्वनाथ हुन् । विश्वनाथका क्रमशः– (३१)लोकेश्वर, (३२)शुकदेव, (३३) शिवाकर, (३४)शुकर हुन् । सुकरुका ७ छोराहरूः– (३५क) गंगाधर, (३५ख) बालकृष्ण,(३५ग) गंगु, (३५घ)शान्तु ,(३५ङ) पुन्नाखर, (३५च) गंगाराम, (३५घ) शारङ्ग हुन् । शारङ्गका छोरा (३६) सुन्दर हुन् । सुन्दरका ३ छोराहरू (३७क) बलिभद्र (३७ ख) नरपति (३७ग) हरिदास हुन् । हरिदासका २ छोराहरू (३८क) माधव (३८ ख) हेमन्त हुन् । 
हरिदास पुत्र (३८क) माधवका सन्तानहरू अर्घाखाँची खिदिम गोर्खा लगायत विभिन्न ठाउँमा छरिएर बसोबास गरेको पाइन्छ भने (३८छ) हेमन्तका २ पत्नीबाट ८ छोराहरूमा जेठी तर्फका (३९क) बालै पाध्ये (३९ख) विशु पाध्ये  २ भाइ तर्फका सन्तानहरू, अर्घाखाँची खिदिम , पाल्पा, रूपन्देही, कपिलवस्तु , बुटवल , बाँके, वर्दिया, काठमाडौं लगायत विभिन्न ठाउँमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ भने (३८ख.) कै सु. हेमन्त जागिरको शिलशिलामा वि.संं १७७५ मा जेठी पत्नी र २ छोरा बालै पाध्ये र विशुपाध्येलाई  अर्घाखाँची भै छाडी सेन वंशीय राजाको राज्य दोलखा तर्फ गएकोमा दोलखातर्फ नै दोस्रो विवाह गरेकोमा कान्छी पत्नी तर्फ पनि ६ भाइ छोराहरू भए ( ३९ग) गंगाधर, (३९घ) शिरपति, (३९ङ) तुलाराम, (३९च) ऋषिराम, (३९छ) वैजनाथ, (३९ज) अग्निधर हुन् । (३९ग) गंगाधरका सन्तानहरूको दोलखाबाट इलाम तर्फको बसोबास भयो हाल गंगाधरका वंशजहरू इलाम, धनकुटा, झापा, मोरङ्ग, सुनसरी तथा स्वदेश विदेशका विभिन्न ठाउँमा फैलिएको पाइन्छ । (३९घ) शिरपति र(३९छ) वैजनाथका सन्तानहरू दोलखाबाट तेह्रथुम जिल्लाको कोयाखोला हुँदै मराहाङ्ग, ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी , चितवन, काठमाडौं, कैलाली, कञ्चनपुर लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । 
(३९ङ) तुलाराम र (३९च) ऋषिराम दोलखाबाट संखुवासभाको भञ्ज्याङ्गखर्क गएका हुँदा हाल तुलाराम र ऋषिरामका सन्तानहरू संखुवासभा भञ्ज्याङ्गखर्क, ताप्लेजुङ्ग, झापा, मोरङ्ग, सुनसरी तथा स्वदेश विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । (३९ज) अग्निधरको विवाह नहुँदै देहान्त भएको हुँदा सन्तान छैन । 

सुन्दर पुत्र(३७ क) बलिभद्रका सन्तानहरू लिङ्गेली(माझघरे ) वंशको संज्ञाबाट चिनिन्छन् भने (३७ख) नरपतिका वंशहरू तिल्केनी वंशको संज्ञाबाट चिनिन्छन् । 
सुकरू पुत्र (३५क) गंगाधरका ३ छोराहरूः– (३६क) नारायणदास, (३६ख) प्यारीलाल, (३६ग) पुरुषोत्तम, (पूर्खु) हुन् । (३६क) नारायणदास, (३६ख) प्यारीलालका सन्तानहरू दिङ्गला, ज्यामीरे, चौरी, सिभुवा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, काभ्रे रामेछाप, सिन्धुली, सर्लाही काठमाडौं तथा स्वदेश विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गरेको पाइन्छ भने (३६ग) पुरुषोत्तम, (पुर्खु) ज्योतिष शास्त्र वेद वेदान्तका प्रखर विद्वान् भएका कारण तत्कालीन राजाबाट विद्वत्ताको कदर स्वरूप लेती विर्ता पाएकोमा त्यसतर्फ  गएका कारण दिङ्गला लेती तर्फको बसोबास भएको पाइन्छ । हाल पुरुषोत्तमका सन्तानहरू लेती दिङ्गला, भोजपुर, धनकुटा, संखुवासभा तेह्थुम, ताप्लेजुङ्ग, इलाम, पाँचथर, झापा, मोरङ्ग, सुनसरी लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । 
(३५ख)बालकृष्णका सन्तानहरू भोजपुर पापुङ्ग,ओख्रे, ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, नेपालगञ्ज लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको   पाइन्छ । 
(३५ग) गंगुका सन्तान भए नभएको कुरा हालसम्म पत्ता नलागेको (३५घ) शान्तुका छोराको नाम फेला नपरेतापनि नाती(३७) भास्करका सन्तानहरू धनकुटा मुक्तुरा, मोरङ्ग, मधुमल्ला, पिपलडाँगी, सुनसरी झापा लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । 
(३५ङ) पुन्नाखरका सन्तानहरू ओखलढुङ्गा, काभ्रे चौरी, ज्यामीरे, टोक्सेल, तुषारे धुसेनी झापा, मोरङ्ग, सुनसरी लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा बसोबास गर्दै आएको पाइन्छ । 
(३५च) गंगाराम (गंगाधर)का सन्तानहरू काठमाडौं स्यूचाटार, किन्सी, कुपण्डोल ललितपुर , लुभु हाँडीगाउँ, नुवाकोट भोजपुर, झापा, मोरङ्ग, लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा बसोबास गर्दै आएको पाइन्छ । 
श्रीधर पुत्र (३०ख) रामुदासका सन्तानहरू कोटाले वंशको संज्ञाबाट चिनिन्छन् । साथै स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा बसोबास गर्दै आएको पाइन्छ । (३० ग) बासुदेव सन्तानहरू लिंगेली वंशको संज्ञाबाट चिनिन्छन् । साथै पँधेरेबाट विभिन्न ठाउँहरूमा छरिएर बसोबास गर्दै आएको पाइन्छ । (३०घ) गिरधारीका सन्तानहरू पुं्दी , गोर्खा, लम्जुङ्ग, लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा बसोबास गर्दै आएको पाइन्छ । 
(२९ग) श्रीदासका क्रमशः (३०)…….(३१)……..(३२)……..(३३)……….(३४)……. नाम नपाइएको (३४) ……. का छोरा (३५) खलु हुन् । खलुका सन्तानहरू दाङ्ग, प्यूठान, घोराही,बर्दिया काठमाडौं लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । सर्वोच्च अदालतको मुख्य न्यायाधीश जस्तो गरिमामय पदमा पुग्ने सम्माननीय मुख्य न्यायाधीश हरिप्रसाद(शर्मा) गौतम यसै वशंमा पर्नु हुन्छ । 
वर्माका छोरा (३५क) बलीका २ छोराहरूः– (३६क)बलभद्र, (३६ख) स्वामी बद्रीनाथ हुन् । (३६ख) स्वामी बद्रीनाथ विद्वान् तपस्वी भविष्यवाणी वेत्ता भएका कारण सेन वंशीय राजाको दरवार मकवानपुर गढीमा स्वामी बद्रीनाथले आफ्नु बौद्धिक विलक्षणता प्रस्तुत गर्नु हुँदा राजाबाट स–सम्मान राजगुरुको स्थानमा राखियो र स्वामीजीले धादिङ्गको जीवनपुरमा अग्निहोत्री स्थलको निरूपण गर्नुभयो राजाबाट बारा जिल्लाको मटेरिया मौजा गुरुलाई अतिथि सत्कार कोष र पर्सौना मौजा अग्निहोत्र खान्की तथा वसन्तपुर पिप्राहा मौजा अग्निहोत्र गुरुका सन्तानको भरण पोषणका लागि कुश विर्ता स्वरूप ७०८ विगाहा जग्गा राजाबाट लालमोहर भएको पाइन्छ भने वि.सं. १८१९मा श्री ५ महाराजधिराज पृथ्वीनारायण शाहबाट मकवानपुर राज्यलाई एकीकरण गरेपछि पनि उक्त मौजाहरू र अग्निहोत्री स्थान गौतम वंशमा यथावत् राखिएको तथा यो क्रम पछिका राजाहरूबाट पनि कायम हुँदै आएको कुरा तत्कालीन लालमोहरहरूबाट पुष्टि हुन आउछ । 
स्वामी बद्रीनाथका छोरा(३६) विश्वेश्वर (३८) बालकृष्ण(३९) पं मुरारी हुन् । पं.मुरारी तेह्थुम जिल्लाको नेभाइ गाउँमा गै बसोबास गरेको तथा वि.सं. १८३९ मा राजाबाट लाल मोहर प्राप्त गरेको व्यहोरा सोही वंशका काठमाडौं अनामनगर निवासी पुष्पलाल गौतमसंग रहेको लालमोहरबाट पुष्टि हुन आउँछ । हाल स्वामी बद्रीनाथका सन्तानहरू धादिङ्ग ,जीवनपुर, मकवानपुर, काठमाडौं, जनकपुर , तेह्थुम, लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँमा बसोबास गरेको पाइन्छ । 
(३०ग) श्रीदासका क्रमशः (३१) ……(३२) वसु(३३) सगरु(३४) वर्मा हुन् । वर्माका २ छोराहरू(३५क) वली(३५ख) वाचक हुन् । वाचकका(३६) वंशम हुन् । वंशमका (३७)धूरुमणि हुन्  । धुरुमणिका ३ छोराहरू       (३८क) रामचन्द्र, (३८ख)चन्द्रमणि, (३८ग) सिद्धै हुन् । (३८क) रामचन्द्रका २ छोराहरूः– (३९क)मंगल,         (३९ख)बलवीर हुन् भने (३७)घुरुमणिका सन्तान वाग्लुङ्गको काँढे खोलाबाट गुल्मी चन्द्रकोट, डाँडावन, भिर्खानी, अर्जेवास, भञ्ज्याङ्ग, पाल्पा, रूपन्देही, काठमाडौं लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएको पाइन्छ । (३९ख) जगपतिका २ छोराहरू (४०क) खडानन्द (४०ख) शान्तु हुन् । (४०क) खडानन्दका सन्तानहरू गुल्मी जिल्लाको विशुखर्क, भिर्खानी किहुुँबाट फैलिएर पाल्पा रूपन्देही काठमाडौं लगायत स्वेदश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गरेको पाइन्छ । (४०ख) शान्तुका (४१) बालानन्द हुन्, बालानन्दका सन्तानहरू गुल्मी अस्लेवाबाट विभिन्न ठाउँमा छरिएर बसोबास गर्दै आएको पाइन्छ । 
बलभद्र पुत्र(३७ख) कालुपाध्येका सन्तानहरू गुल्मी जिल्लाबाट फैलिएर काठमाडौं लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ भने संयुक्त राष्ट्र संघको उपमहा निर्देशक जस्तो गरिमामय पदमा पुग्नु हुने कुलचन्द्र गौतमज्यू यसै वंशमा पर्नु हुन्छ । 
बलभद्रपुत्र(३७(ग) श्रीकृष्ण वाग्लुङ्ग जिल्लाको सराङ्ग भञ्ज्याङ्गबाट गुल्मी जुहाङ्ग आई बसोबास गरेको पाइन्छ । हाल श्रीकृष्णका सन्तान गुल्मी जुहाङ्ग काठमाडौं लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएको पाइन्छ । 
श्रीधरपुत्र(३०) विश्वनाथका (३१) श्रीदास हुन् । श्रीदासका (३२) गिरिधर हुन्, गिरिधरका (३३) घुरु हुन् । घुरुका (३४) पितु हुन् पितुका ३ छोराहरू (३५क)देवल, (३५ख)गोविन्द, (३५ग) वामदेव हुन् । (३५ख)गोविन्दका (३६क)दामु, (३६ख)कालु, (३६ग)विष्णु हुन् । (३५ख)गोविन्दका सन्तानहरू सल्यान सुखौराबाट गुल्मी थोर्गा, बलेटक्सार, हर्राचौर, शान्तिपुर, रूपन्देही, चितवन, मोरङ्ग, काठमाडौं लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । 
श्रीधरपुत्र(३०घ) गिरिधारीका सन्तानहरू अर्घाखाँची, खिदिम, गोर्खा लगायत विभिन्न ठाउँहरूमा फैलिएको पाइन्छ । 
लक्ष्मीधरपुत्र (२९ख) हरिदासका सन्तानहरू वाग्लुङ्ग जिल्लाको मूलपानीबाट पाल्पा , रूपन्देही, शालझुण्डी, बुटवल, चितवन, काउखोला, कुस्मा पर्वत, जनकपुर, मोरङ्ग,काठमाडौं लगयात स्वदेश तथा विदेशका विभिन्न स्थानहरूमा फैलिएर बसोबास गरेको पाइन्छ । 
लक्ष्मीधर पुत्र(२९क) दिवोदासका (३०) रत्नदास हुन् । रत्नदासका २ छोराहरू (३१क) रुक्माङ्गद (३१ख) प्रताप हुन् । (३१क) रुक्माङ्गदका (३२) इन्दीवर हुन् । इन्दीवरका (३३) जिवदास हुन् । जिवदासका सन्तानहरू रुकुम मुसीकोटबाट विभिन्न  ठाउँहरूमा फैलिएर बसोबास गरेको पाइन्छ । (३१ख) प्रतापका (३२)चन्द्रदेव हुन् । चन्द्रदेवका (३३) कृष्णानन्द हुन् । कृष्णानन्दका (३४)  श्वेतमणि हुन् । स्वेतमणिका (३५) रत्नाखर हुन् । रत्नाखरका (३६(ख) हरिहर हुन् । हरिहरका (३७) रमानाथ हुन् । रमानाथका २ छोराहरू (३८क) कालीदास(३८ख) रुद्रमणि हुन् ।(३८क) कालीदासका सन्तानहरू रुकुम जिल्लाको रुकुमकोटबाट विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । (३८ख) रुद्रमणिका २ छोराहरू (३९क) इन्दीवर (घ९ख) मनोहर्ष हुन् । (३९ख) मनोहर्षका (४०) खडानन्द हुन् । खडानन्दका सन्तान रुकुमबाट विभिन्न  ठाउँहरूमा फैलिएर बसोबास गरेको पाइन्छ । (३९क) इन्दीवरका छोरा (४०) बृहस्पति हुन् । बृहस्पतिका सन्तानहरू प्यूठान स्वर्गद्वारी लगायत विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । स्वर्गद्वारी महाप्रभु(नारायण) यसै वंशमा जन्म लिनु भनेको सम्पूर्ण गौतम वंशकै गौरवको कुरा हो । 

वाग्लुङ्ग गल्कोट तर्फ ः– पु.नं.(२६)केदारका (२७क) श्यामदास हुन् । श्यामदासका क्रमशः (२८) सवरी(२९) पर्शुराम(३०) भद्रदास(३१) भवदेव हुन, भवदेवका ३ छोराहरू (३२क) वामदेव (३२ख) हेमदास(३२ग) श्रीदेव हुन् । (३२क)  वामदेवका (३३) सोमदत्त हुन् । सोमदत्तका ३ छोराहरू (३४क) जैलुपाल(३४ख) रघुपाल(३४ग) ठमनपाल हुन् । जैलुपाल(३४क) का क्रमशः जोखु(३५), जनार्दन(३६), जरिनारायण(३७), गणपति(३८), नारायण(३९) हुन् । नारायणका सन्तानहरू वाग्लुङ्ग, सल्यान आदि ठाउँबाट गुल्मी तर्फको बसोबास देखिन आउँछ, यो वंश हाल गुल्मी बलेटक्सार, बुटवल ,नवलपरासी, काठमाडौं आदि लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । 
सोमदत्तपुत्र(३४ख) रघुपालका ५ छोराहरूः– श्रीधर(३५क) , गिरधारी(३५ख), रामकृष्ण(३५ग), वामदेव(३५घ) …………(३५ङ)  हुन् । श्रीधर(३५क) का ५ छोराहरूः– वंशीधर(खेम)(३६क), वशिष्ट(३६ख), राधाकृष्ण(३६ग), नारायण(३६घ), पुरुषोत्तम (३६ङ) हुन् ।  नारायण(३६घ)का ४ छोराहरू चामु(३७क), देवानन्द(३७ख), तुलसीराम(३७ग), राधाकृष्ण (३७घ) हुन् ।  चामु(३७क) का छोराहरूः– शान्तु(३८क) हुन् । शान्तुका छोरा पृथ्वी(३९) हुन् ।पृथ्वीका २ छोराहरू मैत्र पाध्ये (४०क), मधुसूधन(४०ख) हुन् । मैत्रपाध्ये(४०क) का छोरा शान्तु(४१) हुन् । शान्तुका सन्तानहरू वाग्लुङ्ग जिल्लाको वाटाका चौरबाट विभिन्न ठाउँमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । 
पु.नं. (३४) का सुकरू पुत्र (३५क) गंगाधरका, (३६क)नारायण, (३६ख) प्यारिलाल, (३६ग) पुरुषोत्तम हुन् । प्यारीलाल(३६ख)का हरिशर्मा(३७) हुन्, हरिशर्माका २ छोराहरू पद्मप्रसाद(३८क), पशुपति(३८ख) हुन् ।  पशुपतिका सन्तानहरू ताप्लेजुङ्ग जिल्लाको खेवाङ्ग, याङ्गरूप, पेदाप, इलाम, पाँचथर, झापा , मोरङ्ग, सुनसरी लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलाएर बसोबास गरेको पाइन्छ । 
लक्ष्मीधर पुत्र(२९ख) हरिदासका क्रमशः नभस(३०), गोसरी(३१), नर्मदा(३२), हरिकृष्ण(३३), जधु(३४), मुसु(३५) , मोतिखर(३६) , चिन्तामणि (३७) , रमाकान्त(३८) , हरिचरण(३९) हुन् । हरिचरणका ५ छोराहरू (४०क) पुरण (४०ख) …………..(४०ग)  जागेश्वर (४०घ) हिराधर , ……………….(४०ङ) हुन् । पुरण (४०क) र जागेश्वर ( ४०ग)का सन्तानहरू कास्की पोखरा, रामघाट, चितवन, वर्दिया लगायत  स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । 
श्रीधर पुत्र क्रमशः  श्रीदास(३०) , गिरिधर(३१) , घुरु(३२) , पितु(३३) हुन् । पितुका ३ छोराहरू देवल(३४क), गोविन्द(३४ख), वामदेव(३४ग) हुन् । देवल(३४क) का सन्तान छैनन् । गोविन्द(३४ख) का सन्तानहरू सल्यान सुखौराबाट गुल्मीको थोर्गा, बलेटक्सार, हराचौर, शान्तिपुर लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरूमा फैलिएर बसोबास गर्दै आएको पाइन्छ । 
सुकरू पुत्र क्रमशः गंगाराम(३५)(गंगाधर)का पर्शुराम, पर्शुरामका २ छोराहरू गोपाल(३७क), वेणुधर(३७ख) हुन् । वेणुधर(३७ख) का सन्तान  भोजपुर सिस्नेरीबाट झापा, मोरङ्ग, सुनसरी काठमाडौं लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँमा फैलिएको पाइन्छ । 
यसका अतिरिक्त केही गौतम परिवारका नाम नामेसी वंशावलीको मूलधारमा जोड्नलाई नाम नामेसी दिंदा पैत्रिक थलो तथा पुर्खाहरूको विस्तृत जानकारी प्राप्त नभएका कारण मूलधारमा जोड्न नसकिएता पनि आगामी संस्करणहरूमा जोड्दै लाने गरी हाललाई त्यस्ता अधुरा नाम नामेसीलाई छूटमा राखेर प्रकाशन गरी टिपोटहरू सुरक्षित गरेको साथै आगामी संस्करणहरूमा मूलधारमा जोडेर प्रकाशन गर्ने प्रयास जारी रहने व्यहोरा अवगत गराउँदै आगामी दिनहरूमा पनि सम्पूर्ण गौतम बन्धुहरूले आफ्नो पारिवारिक विवरण जस्तैः आफ्ना पुर्खाहरूको पैतृक थलो(पुर्खाको बसोबास कहाँ थियो)पुर्खाहरूदेखि हालसम्मका परिवारका सदस्यहरू सबैको विवरण (नाम नामेसी ) मा पुरुष तथा महिला छोरी बुहारी आदि सबैको विवरण उपलब्ध गराइ यस अभियानलाई सफल पार्न हुन सादर अनुरोधका साथै विवरण पठाउँदा गौतम समाज केन्द्रीय कार्यालय धुम्बाराही (शिवस्थली) काठमाडौं गौतम समाजका स्वदेश तथा विदेशका आफूलाई पायक पर्ने शाखाहरू तथा गौतम वंशावली संकलक खेमलाल गौतम चकचकी –४ झापा मार्फत उपलब्ध गराउन सकिने व्यहोरा अवगत गराउँदै गौतम वंशावली २०६८ सम्म आइपुग्दा संकलन कार्यमा सहयोग पु¥याउनुहुने सम्पूर्ण गौतम बन्धुहरूमा गौतम समाज धन्यवाद ज्ञापन गर्दछ  ।