नेपाली इतिहासमा अत्रि गोत्र हुने गौतम, खतिवडा, चापागाई, वस्ती, ओझा, मिश्र, ठाडाराई अधिकारी आदिले राष्ट्रनिर्माणमा गरेको योगदान उल्लेखनीय रहेको छ । देशका विभिन्न राजा र रजौटाहरूलाई आफ्नो ज्ञान, बुद्धि र विवेकद्वारा सेवा गरी मानसम्मान, विर्ता र पदवी पाएका गौतमहरू आफ्नो गरिमायुक्त छुट्टै स्वतन्त्र स्थान राख्न समर्थ देखिन्छन् । यस सन्दर्भमा गौतम वन्धु राष्ट्रिय समाज ले विगत मा विभिन्न समयमा वंशावली संकलन गरिएको डाटाहरुलाई प्राथमिकता प्रदान गरी २०७९ सालमा अनलाईन मा वंशावली (प्रथम पटक) सबैको सामु प्रस्तुत गरिएको हो । नयाँ पुस्ताहरु यसैमा थप्दै लग्न सकिने गरी यस्को विकास गरिएको छ । पूर्व र पश्चिमका छुट नामावलीहरू समेत अव यसैमा समावेश गर्दै स्वचालीत अद्यावधिक हुने ब्यवस्था गरिएको छ ।तत्कालीन सिंजा प्रदेशका राजा अर्थात् सिंजापतिको शासन जुम्ला, रुकुम, दैलेख, सल्यान, जाजरकोट आदि क्षेत्रमा फैलिएर रहेको थियो । ऋतुभद्रपछि आठौं पुस्ताका काशीदास सोही प्रदेशमा आई बसेको पाइन्छ । यस राज्यमा यिनै राजाका उत्तराधिकारीले काशीदासका सन्तान अत्रिगोत्रीय ब्राह्मणलाई आफ्नो राजगुरुका रूपमा सम्मानका साथ गोतामकोट भन्ने स्थान विर्ता दिई गोतामे पदवी समेत प्रदान गरेर सम्मानित गरेका थिए । उक्त स्थान हालको रुकुम जिल्लामा अवस्थित छ । यो स्थल ठूली भेरी नदीको काखमा बसेको सानो तर रमणीय बस्ती नै गौतमहरूको ऐतिहासिक स्थानको रूपमा देखा पर्छ ।वंशावलीको सङ्कलनका क्रममा प्रकाशित धेरैजसो वंशावलीहरूमा पुरुषतर्फको नामनामेसी मात्र समावेश गरी प्रकाशन भइरहेका देखिन्छन् । हामीलाई पनि प्रायः पुरुषका नामहरू नै प्राप्त भएका हुन् । तर पितृकार्य र देवकार्यमा समेत नारीसहभागिता आवश्यक पर्ने हुँदा हजूरआमा, आमा, बुहारी तथा छोरी समेत परिवारकै अभिन्न सदस्य मानी यस वंशावलीमा परिवारका उपलब्ध भएसम्म नारी–सदस्यहरूलाई समेत समावेश गरिएको छ र यो प्रक्रिया पहिलो संस्करणदेखि नै थालनी भएको हो ।यस अनलाइन साइटमा सवै बन्धु , श्रीमती, छोरीहरु र उनिहरुको फोटो ,मुवायल नम्वर , इमेल आदि डाटाहरु समावेश गर्ने वातावरण मिलाइएको छ ।यस अनलाइन वंशावलीको प्रकाशन गर्न अठोट गर्ने गौतम वन्धु राष्ट्रिय प्रतिष्ठान कार्यकारिणी समिति, त्यसको लागि आवश्यक पर्ने सामग्री सङ्कलन गर्ने विभिन्न गौतम बन्धुहरू, विभिन्न जिल्लाका गौतम वंश–विवरणको मूल पुरुषसँगको नाता सम्बन्ध जोड्न सूत्र तयार गर्ने कार्यमा संलग्न संघ–संस्था र व्यक्तिगत तहमा रचनात्मक योगदान दिने महानुभावहरूको कार्य उल्लेखनीय रहेको छ । गौतम वन्धु राष्ट्रिय समाजको अनलाइन वंशावलीको प्रकाशन गर्ने सिलसिलामा गाैतम वंशावली खाेज अनुसन्धानमा साविक ताप्लेजुङ साँघु हाल दमक निवासी पण्डित भवानीप्रसाद गाैतमकाे ठूलो याेगदान रहेको छ। उहाँले बि सं २०१४ सालदेखि २०४० सालसम्म निरन्तर वंशावली खाेज गरेर विभिन्न १० पुस्तिका प्रकाशन गर्नु भएको थियो ।गाैतम वंशावली खाेजका क्रममा उहाँ नेपालका हरेक कुना कन्दरा,भारत आसाम मणिपुर सम्म पुग्नु भएको थियो । तीनै पुस्तकलाई आधार मानेर गाैतम समाज नेपालले झापा चकचकी निवासी बन्धु खेमलाल गाैतमकाे नेतृत्वमा २०५८ र २०६९ गरि जम्मा दुई संस्करण गाैतक वंशावली प्रकाशित गरेको हाे। खास गरी मुख्य श्रोत गौतम बशावली २०६९ को लागी खेमलाल गौतम झापा ले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका धेरैजसो जिल्लामा आफैं पुगेर गौतम वंशका नामनामेसीको सङ्कलन गर्नुभएको हो । भारततर्फ पनि सिक्किम, आसाम, भुटान र मणिपुर समेत पुगेर उहाँले २०५८ सालपछि सक्रियताका साथ थप वंशावली सङ्कलन गर्नुभयो । यी सबै समावेश गर्दा अहिले वंशावलीमा पहिलेभन्दा सजिलै अन्य डाटाहरु समावेश गर्न सकिने वातावरण तयार भएको छ यस्को लागी यस वेभपेज डेभलप गर्ने इन्जिनियर सोभित थापाले गर्नु भएको यस प्रशंसनीय कार्यका लागि उहाँलाई हार्दिक साधुवाद दिन्छौं । अनलाइन मा प्रकाशन गर्नको लागी लागीपरेका बन्धुहरु टिकाराम गौतम र प्रकाशमणि गौतमलाई पनि धन्यवाद दिन्छौं । साथै यो अनलाइन साइट डिजाइन र विभिन्न डाटा प्रोसेसिङ्ग गर्ने मित्रहरु दधिराम नेपाल मुरी मुरी धन्यवाद छ र उहाँहरुको योगदान लाई यस गौतम वन्धु राष्ट्रिय समाज कहिल्यै भूल्ने छंन । देश विदेशमा रहेका सवै बन्धुहरु प्रति यस गौतम वन्धु राष्ट्रिय समाज कृतज्ञता ज्ञापन गर्दछ । साथै गौतम समाज झापा काे सहयाेग तथा सदभाव को सधै यो गौतम वन्धु राष्ट्रिय समाज ऋणि रहने छ ।