अत्रि (आत्रेय) बंशका ईस्टदेव
अत्रिवंशबारे केही कुरा – दामोदर प्रसाद गौतम स्विचाटार,काठमाडौ
अत्रीश्वरस्च्चनाम्नासीदीश्वरः परदुःखहा ।
गंगा साथा स्थिता तत्रतदागर्तेथ मायया ॥
को.रु.सं. ४ को अध्यायको ४/५६ शिवपुराण
अर्थ ः-
अत्रीस्वर नामको ज्योर्तिलिङ्गमन्दाकिनीगंगाका साथा सबैका दुःख हरणका लागिअत्रिऋर्षि र अनसूयाकातपस्याकाप्रभावले
स्थित रहनु भएको छ ।
यसरी शिवपुराणको कोटी रुद्र संहिताको ३ र ४ अध्यायमाअत्रि अनसूयाकाबारे आफ्नो इस्टदेब महादेवको तपस्या
गरी ज्योतिर्लिङ्ग प्राप्त गर्नु भएकोले सम्पूणर् अत्रिवंशका “इस्टदेव अत्रिश्वर महादेव” नै हुन । यसरी सबैलाई मान्न अनुरोध
गर्दछु ।
आफ्नो वंश कसैले पनिखोज्नु पर्छ र त्यसको शुरुवात कसरी भयो भन्ने शास्त्रीय प्रमाण आदिद्वारा पुष्टि गर्नु
नितान्तआवश्यक हुन्छ । त्यसैले मैले अत्रिऋषिको वंशअत्रिगोत्र को शुरुवात कसरी भयो अत्रिवंशकाशाखा र परिवार आज
सम्म कुनकुनहुनकुनकुन थरका हुन थर गोत्र को को संग मेल खाएको छ । त्यस बारे केहीविचार प्रस्तुत गर्न खोजेको
छु।
सर्व प्रथम निराकार व्रह्मजसलाई परमं शिवपनि भन्दछन् जस बाट सगुण शिवको अवतरण हुन्छ । जसलाई
अजन्मापनि भन्दछन्। शिवले दायाँ अङ्गबाट व्रह्मा, बायाँ अङ्गबाट विष्णुको सृष्टि गर्नु भयो। व्रह्मलाई सृष्टिकर्ता र
विष्णुलाई पालनकर्ताको रुपमाजिम्मादिनुभयो र स्वयं आफु संहार कर्ता रुद्रको रुप धारण गर्नु भयो।
सृष्टि स्थिति संहारो तिरोऽभावो नुप्यग्रहः ।
पञ्चकृत्य प्रविणोसि संच्चितानन्दविग्रहः। १।१७।९५वि.सं.शिव पुराण
अर्थ ः-
सृष्टि कर्ता व्रह्मा, पालनकर्ता विष्णु, संहार कर्ता रुद्र, तिरोभाबगर्दा महेश र अनुग्रहएवं कल्याण गर्दा शिव यसैलाई
नै शिवकापाँचै कार्य गर्ने प्रविणका रुपमा लिइन्छ । यहि नै संच्चिदानन्दविग्रह ः हो। यो परम शिवएवं निराकार ब्रह्म
बाट विभागीयप्रमुखका रुपमानियुक्तभएकापाँच स्वरुपलाई लिइन्छ ।
यसरी सृष्टि गर्दै जाँदाब्रह्माजीले दशमानसपुत्रको सृष्टि गर्नुभयो। दशमानस पुत्रमध्ये अत्रिऋषि एक हुनुहुन्छ भन्ने
तलको श्लोकले जनाउदछ ।
मरीचिरत्र्यङ्गिरसौ पुलस्त्यःपुलहःक्रतुः ।
भृगुर्वसिष्ठो दक्षश्चदशमस्तत्र नारदः ॥ ३।१२।२२ श्रीमदभागवत्।
अर्थ ः-
१) मरिचि २) अत्रि ३) अङ्गिरा ४)पुलस्त्य ५) पुलह ६) क्रतु ७)भृगु ८) वसिष्ठ ९) दक्ष १०) नारद ।
यीब्रह्मजीकादशमानसपुत्रहरू हुन् ।
यस मध्ये सातौ बैवस्वतमनमन्तरका सप्तऋषिहरू जो प्रजापतिपनिहुन। यी नै सप्तऋषिका सन्तान बाट गोत्र प्रवर
निर्धारित भएकाहुन ।जुनतलको श्लोकले जनाउदछ ।
वसिष्टः काश्यपोऽथात्रिर्जमदग्निस्स गौतमः।
विश्वामित्रभरद्वाजौ सप्त सप्तर्षयोऽभवन॥ ३।१।३२ विष्णु पुराण
हालवैवश्वतमन्वन्तर हो यसका सप्तऋषिहरू १)वशिष्ट २) कश्यप ३) अत्रि ४) जमदग्नि ५) गौतम ६) विश्वामित्र७)
भारद्वाजहुन । यिनै सातऋषिका परिवार र शाखाहरूनै गोत्र प्रवर भित्र पर्दछन्। अत्रिगोत्रबाहेककाअन्यगोत्रहरू मिस्सिएका
परिवार र शाखा छन्जसमा ४३ ऋषिको संख्या परिवार छ ।
विभिन्न पुराण र शास्त्रहरूमा लेखिएकाअत्रि-अनसूयाबारेका श्लोक एवं प्रमाणहरू पछिका शोध एवं
अनुसन्धानकर्ताहरूलाई सजिलो होस भन्ने हेतुले मैले सकेसम्मकायहाँ केहीश्लोक एवं बुदाँहरू प्रस्तुत गर्ने कोसिस गरेको
छुँ ।
जस्तैः-
लिङ्ग पुराणमा – ब्रह्माद्वारा ऋृषि देवादिका सृष्टि विस्तारको ४६र ४७श्लोकमाउल्लेख ः—
अत्रेभार्यानुसूया वै सुषुवे षढ्प्रजास्तु या ः।
तास्वेकं कन्यकानाम्नाश्रुतिः सूनुपंचकम् ॥४६॥
अर्थ ः-
अत्रिमहामुनिकीपत्नि अनसूयाले छ सन्तानजन्माएकिथिइन् त्यसमा एक श्रुतिनामभएकीकन्या (पुत्रि)थिइन् भने
पाँचपुत्रहरू थिए ।
सत्यनेत्रो मुनिर्भव्यो मूर्तिरायःशनैश्चरः।
सोमश्च वै श्रुतिः षष्ठी पंचात्रेयास्तु सूनवः॥४७॥
अर्थ ः-
पाँचपुत्रहरूको नामहो सत्य नेत्र, मुनिरभव्य, मूर्तिराय, शनैश्चर, र सोम नामकाअत्रिकुमार पाँचआत्रेय थिए । यिनमा
छैटौंमाश्रुति छोरी थिइन्।
भागवत, विष्णुपुराण आदिमाभन्दालिङ्गपुराणमा सोम मात्रै मिल्ने नाम छ भने पाँचै अत्रिकुमार आत्रेयहरू अत्रिअनसूया
बाटै जन्मेका छन्। भने ऋग्वेदको पाँचौ मण्डलले देखाएकाअत्रिकुमार आत्रेयहरू अनसूयाकामात्रनभएर
अत्रिकाअन्यपत्निहरू जस्तो कीशिवपुराणको तल लेखिएकाश्लोकले अत्रिऋषिका १९ पत्निथिएभन्ने स्पष्ट देखाउछ भने
अन्यविभिन्न पुराणहरूमा कहि १० कहि १३ अत्रिऋषिकापत्निथिएभन्ने उल्लेख गरेको पाइन्छ ।
अत्रिऋषिप्रजापतिपनिभएकोले अब अन्य पत्निबाट अन्यपुत्रहरू थिएभन्ने कुरा ऋग्वेदको पाँचौ मण्डलमा उल्लेखित
नाउँहरूबाट अत्रिकाविभिन्नपत्निका धेरै छोरा नातीहरू भएभन्ने उदाहरण यी नाउँहरूबाट देखिन्छ जस्तै ः- बुध, अर्चनानस
(अचर्नाना), श्यावाश्व, गय, पुरु, अत्रिभौम आदिअत्रिकुमार आत्रेय भएको बाट स्पष्ट हुन्छ ।
ददौ दश सुतादक्षो धर्माय विधिवन्मुने ।
त्रयोदशकश्यपायमुनयेत्रिनवेंदवे ॥
रु.सं.२ स.खण्ड२ अध्याय.१४ श्लोक ६ शिवपुराण ।
अर्थ ः-
दक्षका ६० कन्यामध्ये १० धर्मलाई १३ कश्यपमुनिलाई र १९ अत्रिमुनिलाई दिए (कहिअत्रिका १० पत्निपनिउल्लेख
छ) यिनैबाट अत्रिकुमार आत्रेय हुदै अत्रिबंशको बिस्तार भएको पाइन्छ ।
अनसूया₋दक्षकी छोरी विष्णुपुराण १।७।२७
अनसूया₋कर्दमकी छोरी भागवत ३।२४।२२
अंगिरा गुरुरात्रेयो विमलो विश्वपावन ः। ४।३५।८२ को.रु.सं.शिव पुराण
अर्थ ः-
अंगिरा ऋषिरुप, गुरु आत्रेय अत्रिकुमार दत्तात्रेय स्वरुप यि दुबै एक शुद्घ जगतकानिर्वाहकपापकानाश गर्ने वालाभए ।
सोमोऽभूद्ब्रह्मणेऽशेन दत्तो विष्णोस्तु योगवित् ।
दुर्वासाःशंकरस्यांशो निबोधाङ्गिरसः प्रजा ः ॥४।१।३३ भागवत
अर्थ ः-
ब्रह्माको अंश बाट चन्द्रमा, विष्णुको अंशबाट योगबेत्तादत्तात्रेयजी र महादेबजीको अंश बाट दुर्वाशाऋषियीतिन
सतीअनसूया र ऋषिअत्रिकापुत्र रुपमा प्रकट भए ।
दैत्यदानवयक्षणां गन्धर्वोरगरक्षसाम् ।
सुषणर्किन्नाराणां च स्मृताबर्हिषदोऽत्रिजाः ॥ ३/१९६ मनुष्मृति
अर्थ ः-
दैत्य, दानव, यक्ष, गन्धर्व, नाग, राक्षस, सुपणर् (चराहरु) र किन्नरहरुकापितृ अत्रिऋषिका छोरा
बर्हिषदपितृहुन ।साथै ऋग्वेद १०।१५।१-१५ मापनिपितृबारे स्पस्ट उल्लेखित छनन् ।
स्वायम्भुवोऽत्रिं ः कौरव्य परमर्षिः प्रतापवान ।
तस्य बंशे महाराजदत्तात्रेयइति स्मृतः ॥ अ.पर्व ९१/४ महाभारत ।
अर्थः-
भीस्मले युधिष्ठिरलाई भन्नुहुन्छ -हे कुरुनन्दन ! महाराजप्राचिनकालमा ब्रह्माजीबाट महर्षि अत्रिको उत्पतिभयो। उनि
बढो प्रतापिथिए ।उनकाबंशमाअत्रि अनसूयाबाट विष्णु भगवानको अंशबाट दत्तात्रेयको प्रादुर्भाव भयो।
दत्तात्रयस्यपुत्रोऽभून्निमिर्नाम तपोधन ।
निमेश्चाप्याभवतपुत्रःश्रीमान्नामश्रीयाबृत ः॥ अ.पर्व ९१/५ महाभारत ।
अर्थः-
दत्तात्रेय र पत्नि मेधाका छोरा निमीभए, जो बडो तपस्विथिए । निमिबाट एक छोरा भएजस्को नामश्रीमानथियो।
उनि बडा कान्तिमानएव ं तपस्विथिए ।
महाभारतको अनुशासनपर्व ९१ अध्यायको १ देखि ४५ श्लोक सम्म अत्रिबशंमाकसले पहिले श्राद्घ गरे ति को हुन?
त्यस बारे वणर्न छ । अब अत्रिबशंकै कुरा गर्दा तलयसको वणर्न छदै छ । तर अत्रिबाट निस्केका अत्रिकुमार आत्रेयहरु
विभिन्ननाम र संज्ञाले बणर्ित छन्। कथालामो छ अत्रि अनसूयाका,ेतर वहाको पतिब्रताका कारण अनसूयाको गर्भबाट
भगवानमहादेवको अशं दुर्वासा, नारायणको अशं बाट दत्त, ब्रह्माजीको अंश बाट चन्द्रमाभए । ऋर्षि दुर्वासाकीपत्निको
नामकदलीथियो भने सन्तानको बणर्न पाइन्न, चन्द्रमाका रोहिणी देखि लिएर २७नक्षत्रलगाएतकापत्निहरु र ताराबाट
बुधआदिपुत्रहुदै गए । गुरु दत्तात्रयकीपत्निमेधाबाट पुत्रनिमीभए, निमी का पुत्रश्रीमानभए, पुत्रश्रीमानको मृत्यु पछि महर्षि
निमीले औंसी तिथिपारि पुत्रको श्राद्घ गरेको वणर्न छ ।
यसरी लिङ्ग पुराण, शिव पुराण, भागवत पुराण, मनुस्मृति, महाभारत आदिमा स्पष्ट रुपले अत्रिकुमार आत्रेय
भनीउल्लेख हुनु र ऋग्वेद को पाँचौ मण्डलका ८७ सूक्तमाबुधआत्रेय, अर्चनानाआत्रेय, श्यावाश्वआत्रेय, गयआत्रेय, पुरु
आत्रेय आदिकानाममाआत्रेय जोडिनु चन्द्रमाका छोरा बुध, बुधका छोरा पुरुरवाहुन र पुरुरवाका छोरा गयहुन यसरी
अत्रिबंशका छोरा नातिलाई अत्रिकुमार हुनुका कारण आत्रेय भनिएको हो।
कुनकुन पुराण र वेदले अत्रिवंश(सोमवंश, चन्द्रवंश, आत्रेयबंश) आदिलाई श्लोकगत रुपमाउल्लेख गरिदिएको छुँ
जसले गर्दा पछि शोधकर्ताहरूलाई सजिलो होस ।
१.भागवतमा
३।१२।२२, ३।२४।२२, ३।२१—३३, ४।१।३३, ९।१, २, ३, १४, १५…..अध्याय सबैमाअत्रिएवं चन्द्रवंशको वणर्ण यस्तो छ
अत्रिको छोरो चन्द्रमा, चन्द्रमाको छोरो बुध, बुधको छोरो पुरुरवा, पुरुरवाको छोराहरू आयु, श्रुतायु, सत्यायु, रय, विजय
र जय यसरी छ पुत्रहुदै बैवश्वत मनु हुदै कुनै बंशक्षत्रिय र कुनै बंश बा्रह्मण भएका छन् भने अझभागवत विष्णु
पुराणादिमा त राजा सुद्मुम्नहुदाक्षत्रिय सूर्य बंश र त्यहि सुद्मुम्न ईला (नारी) हुदामाचन्द्र बंशभएका छन्। कृष्ण देखि
कौरव पाण्डव हुदै राज्य गर्ने चन्द्र बंशीहरूको ईतिहास पछिल्ला राज्यकाल सम्म भेटिन्छन्भने सप्तऋषिहरूको पुस्ताभने
अभिलेख नभएर अल्मलिएको पाइन्छ ।
यसैलाई विष्णु पुराणको चन्द्र बंशमाअत्रिका छोरा चन्द्रमा, चन्द्रमाको छोरा बुध, बुधका छोरा पुरुरवा र पुरुरवाबाट
आयु, अमावसु, विश्ववसु, श्रुतायु, शतायु र अयुतायु लेखिएका छ । यसमा केहीनाँउ फरक देखिन्छ ।
२. शिव पुराणमा
रु.सं २ स.ख.२ अध्ययाय १४को श्लोक ६, स.रु सं.३को अ.१९को श्लोक २५, २६, २७, को.रु.सं अध्याय ३ र ४,
उ.सं.अ ३६, ४को३अध्याय र४को४ अध्याय ४।३५।७, ४।३५।८२ सबैमाचन्द्रवंशको वणर्ण छ ।
३. वायुपुराणमा
उत्तरार्ध २८, २९ र ३१ अध्याय सबै सोमवंशको वणर्ण छ ।
४. हरिवंश पुराणमा
हरिवंशपर्व १०, २५, २६, २७र२८अध्याय सबै चन्द्रवंशको वर्णन छ ।
५. विष्णु पुराणमा
१।७, ४।१, ६, ७, ८…को सबै अध्यायहरूमाचन्द्रवंशको वणर्ण छ ।
६. लिङ्ग पुराणमा
ब्रह्माजकिो ऋषिदेबादिहरूको सृष्टि विस्तारको श्लोक ४६।४७अत्रिबंशको बणर्न छ ।
७. वेदमा
ऋग्वेद
१।५१ को ३, १।११२ को ७, ५।७८ को ४, ५।५१ को १०, १०।१४३को १, ऋग्वेद पाँच मण्डलको ५२ सूक्तको ११ देखि
१५ श्लोक सम्म अत्रिकापाँच सूक्तलाई कल्याण सूक्त, मंगल सूक्त, स्वस्ति सूक्त, श्रेय सूक्तआदि मानिन्छ । साथै यो पाँचौ
मण्डल सबै अत्रिऋषिको परिवारले दृष्ट गरेका मन्त्रएवं सूक्तहुन्।
सामवेद
१९ आध्यायमा — अत्रि
ऋग्वेदका १० मण्डलमा पाँचौ मण्डलको ८७ सूक्त नै अत्रिएवं अत्रि परिवार आत्रेयहरू द्वारा दृष्ट गरिएका
सूक्तएवं मन्त्रहुन्। दशै मण्डलका मन्त्रद्रष्टार ः ऋषिहरू यस प्रकार छन्जस्तै ः-
प्रथम मण्डल र दशम मण्डलका ऋषिहरूमा — मधुछन्दा, गौतम, अगस्त्य, भृगु, उशना, कृत्स, अथर्वा, त्रित, शुनःशेष,
बृस्पतिपुत्र संयु, र गौरवीतिआदि अनेक ऋषि बाट दृष्ट मन्त्रअथवा सूक्तहुन ।तर द्वितीय मण्डल देखि नवम मण्डल सम्मकाऋषिहरू एक एक छन्जुन यस प्राकर छन्।
जस्तैः-
द्वितीय मण्डलका ऋषि गृत्समद
तृतीय मण्डलका ऋषि विश्वामित्र
चतुर्थ मण्डलका ऋषि वामदेव
पाँचौं मण्डलका ऋषि अत्रि
छैटांै मण्डलका ऋषि भारद्वाज
सातौं मण्डलका ऋषि वसिष्ट
आठांै मण्डलका ऋषि कण्व
नवांै मण्डलका ऋषि अंगिरा हुन ।
थोरै अनसूया र अत्रिको अर्थ गरांै ।
अनसूयाको अर्थ हो अरु कसैमा दोष नदेख्नु(असूया) दोष बाट विकार रहित कसैमा दोष बुद्घि अथवाअसूयानदेख्नुको
नाम नै “अनसूया”हो।
अत्रिको अर्थ गरौ ।
अ + त्रि = अत्रिको अर्थ हो -“अ” को अर्थ हो छैन । “ त्रि” – को अर्थ हो तीनगुण । तीनै गुण सत्व, रजस्, तमस्,
बाट जो गुणातीत, गुणरहितएंव त्रिगुणातीत हुन्छ त्यसको नाम नै “अत्रि”हो।
यसरि छोटकरी रुपमा मैले यस अत्रिबंशलाई प्रष्टाउने कोसिस गरेको छु । यो पूणर् भने होइन । अत्रि परिवार भने
स्वतन्त्र छ । अत्रि र अत्रिकुमार आत्रेय (जसरि बसुदेब कुमार कृष्णलाई बासुदेब भनेजस्तै अत्रिकुमार आत्रेय हुन) परिवार
संख्याकहि ३८, कहि ४३ त कहि ४६ उल्लेख छ भने ऋगवेदको पाँचौ मण्डललाई अत्रि मण्डल भन्छन्।
जसमा“अत्रिप्रवरको” रुपमायसको वंश परिचययसरि गरिएको छ ः-
“अत्रि, भौम, अर्चनाना, श्यावाश्व र अन्धीगुश्यावाश्वि”पाँचप्रबर हुन । जबकि नेपालमाअत्रि र आत्रेयको त्रि-
प्रबरमाअत्रि, अर्चनानस र श्याबाश्व र आत्रेय, अर्चनानस र श्याबाश्वयसरि एउटै प्रबरका दुई गोत्र गरेका छन्तर यो
एउटै प्रबरका दुई गोत्र हुनै सक्दैन र मूलऋषिअत्रि नै हुनभने आत्रेय अत्रिका सन्तानहुनयी सबै प्रमुखअत्रि (आत्रेय)अत्रि
मण्डल एवं परिवारिक ऋषिहरू ४३ परिवारमाविभक्तभएका छन्।जस मध्ये यसलाई आत्रेय मण्डल भनिन्छ जुनऋगवेदको
पाँचौ मण्डलको ८७ सूक्तका मन्त्रद्रष्टारः ऋषिअत्रिहुन । ८७ सूक्तमध्ये ४३ परिवार वाशाखा छन्। साथै १) अत्रि २) भौम
३)अन्धीगुश्यावाश्वि गरी ४६परिवार वाशाखा देखिन्छ । जसमाअत्रिकुमार आत्रेय नै भनेर ३६ नामकाआत्रेय कुमारको
उल्लेख छ जसमाऋग्बेद पाँचौ मण्डलको सूक्त १ बाट शुरु हुन्छ ः— १)बुधआत्रेय २) कुमार आत्रेय ३) बुशुश्रुत्र आत्रेय
४) इषआत्रेय ५)गयआत्रेय ६) सुतम्भर आत्रेय ७)पूरु आत्रेय ८)मृक्तबाहद्वितआत्रेय ९)वब्रि आत्रेय १०) प्रयस्वान अत्रिगण
११) सस आत्रेय १२) विश्वसामाआत्रेय १३) ध्युम्नविश्वचर्षणि आत्रेय १४)बसूयु आत्रेय १५)विश्ववारा आत्रेयी १६) बभ्रु
आत्रेय १७)अवस्यु आत्रेय१८)गातु आत्रेय १९) अत्रिभौम २०) सदापृण आत्रेय २१) प्रतिक्षत्रआत्रेय २२) प्रतिरथ आत्रेय २३)
प्रतिभानु आत्रेय २४) प्रतिप्रभआत्रेय २५) स्वस्तिआत्रेय २६) श्यावाश्यआत्रेय २७) श्रुतवित्आत्रेय २८) अर्चानानआत्रेय
२९)रातहव्य आत्रेय ३०) यजतआत्रेय ३१)उरुचक्रि आत्रेय ३२) बाहुबृक्तआत्रेय ३३) पौर आत्रेय ३४) सप्तबध्रि आत्रेय
३५)सत्यश्रबा आत्रेय ३६)एवयामरुत् आत्रेय छन् भने अत्रिआत्रेय नलेखिएकामा ३७)धरुण आङ्गिरस ३८) बन्धु सुबन्धु
श्रुतबन्धु लौपायन ३९) त्र्यरुण त्रसदस्युपौरुकुत्स ४०) गौरिवीतिशाक्त्य ४१)संवरण प्राजापत्य ४२)प्रभुवसु आङ्गिरस
४३)अवत्सार काश्यपयी७ र ३६ गरी ४३ शाखा छन्।
(विचैमा सानो स्मरण राखौ— अत्रिआत्रेय गोत्रबारे मैले करिब १५ बर्ष अघि बेदाचार्य विद्वानआदरणर्ीय बिदुर पौडेल
संग कुरा कानी गरेको थिए । के यीदुई गोत्र फरक हुनभन्दाहोइनअत्रिआत्रेय एकै हुनअत्रिकुमार आत्रेय नै हुन । तपाई
हामी सगोत्रिहौं । यो कुराको पुष्टि पौडेलबंशावलीले पनि स्पष्ट रुपले बंशविस्तार हुदाअत्रि-आत्रेय-अर्चनानस-
स्यावाश्वआदिहुदै उल्लेख भए बाट स्पष्ट हुन्छ ।
अत्रिगोत्रका थरहरू
१)गोतामे(गौतम) २)वस्ति ३) खतीवडा ४) मिश्र ५) चापागाईं ६) ठाडाराईअधिकारि ७) डोटेल ८) ओझा ९) मल्ल १०)
डाँगि ११) शाहा १२)उपाध्याय १३) शाही १४)पाठक १५) कडरिया १६) हमाल १७)रावल १८)फूलारा १९) जोशी २०)पहारि
२१)गौलि २२) बगाले थापा २३) कालिकोटे खड्का । मैले थाहापाए सम्मकाअत्रिगोत्रकामाथिउल्लेखित २३ थरहरू भए ।
आत्रेयगोत्रका थरहरू
१)पानिपोखरेल २) दुलाल ३) पौडेल ४) अर्याल ५)सिग्देल
६) पुंवार थापा७) खुलालथापा ८) बगाले थापा ९) कालिकोटे खड्का १०)दुवाडी हुन ।
मैले थाहापाएकाआत्रेयगोत्रका थरहरू १० भए । यी १० थरहरू पनिअत्रिकुमार आत्रेय -अत्रिकै छोरा भएकोले यिनिहरू
पनिअत्रिगोत्र नै हुन ।
दूरभाग्यबस यस्तो कुरा नछुटाई सगोत्र मै विवाह गर्नु, सगोत्र मै यजमान र पुरोहितहुनु र सगोत्र मै दानलिने₋दिने
गर्नु घोर अपराध पूणर् एवं नरकगामिकार्य हो। अझ सगोत्रमा नै विवाह गर्नुलाई त हाडफोरा एवं पातकि भनिन्छ । बुझ्दै
नबुझि यस्तो कार्य हुनु घोर अपराध मानिन्छ । यस्तो कार्यहरू समाजमाखासगरी अबुझ पुरोहितहरूले गर्ने गराउने
गरेको पाइन्छ । पैसाको लागिआज समाजमा यस्तै भैरहेका छन्।
दुबै अत्रि र आत्रेयगोत्रकाप्रवरहरू एकै हुन्। एकै प्रवरका दुई गोत्र हुदै हुदैन्। जस्तो ः-
१) अत्रिगोत्रको – अत्रि, अर्चनानस र श्याबाश्वत्रि-प्रवर नेपालमा चलाउछन्जुनपात्रोमा र शिखरनाथ सुवेदीको सिखर
भाष्यकिताबमापनिउल्लेख गरेको छ । यदीअत्रि र आत्रेयऋषि छुट्टा-छुट्टै भेटिएको प्रमाण भएमा त विवाह, यजमान,
पुरोहित एक अर्कामा गरे हुन्छ । होइनभने एकै सगोत्र भित्र यस्तो कर्म हुनु पापहो भनीशिखर भाष्यमाउल्लेख छ ।
२) आत्रेयगोत्रको पनि-आत्रेय, अर्चनानस र श्याबाश्वत्रि- प्रवर नै उल्लेख छ यस्तो हुनु हुन्न । बरु अत्रिगोत्रकागोत्र
शाखाहरू ४३ शाखावा परिवार छन्जस्को लामो ब्याख्याऋग्बेदको पाचौ मण्डलका ८७ सूक्तमाअत्रि-आत्रेय मण्डलको
ब्याख्यामाथि छोटकरिमाउल्लेख गरिएको छ ।
स्मरणीय कुरो यहाँउल्लेख गरौ गोतामे थरबाट किनगौतम थर गरियो ?यसको कारण हो—ताक परे …… नत्रगोतामे
भन्ने ब्यंग्यात्मकहोच्याउने प्रचलनभएकोले विद्वानकुलचन्द्र गोतामे र श्रीरामगोतामे जसलाई कवि प्रसाद नामले चिनिन्छ
जसको कीर्ति बाट आजपनि देशका धेरै भागमा अखण्ड हरि किर्तन चलिरहेका छन्। वहाहरूलेनै यो गोतामेको सट्टा
गौतम थर लेख्न शुरु गर्नुभएको हो। जुन कुरो ठिक होइन्।किनभने गौतम पनिअर्को गोत्र हो।
गौतम ऋषिपनि सप्तऋषिमध्ये एक ऋषिगोत्र प्रवरकै हुनुहुन्छ । यहाँत्यसको थर …. र गौततमगोत्र हो। यस्तोमा
हामीगोतामे लाई भने जस्तो ठानि गोतामे थर बाट गौतम थर चलाई दिनु भयो। जुनआजप्रायजसो गोतामेले गौतम
लेखेका छन्। म दोहोरायर भन्छु यो ठिक होइनकिनभने हाम्रो अत्रिगोत्रमा नै कताकतागौतम गोत्र जस्तो भ्रम देखिन्छ ।
किनकी धेरै जसो भारत नेपालमानामको पछाडी थर नलेखेर गोत्रनै लेख्ने गर्दछन्। वास्तबमा दामोदर अत्रि, कृष्ण प्रसाद
(खतिवडाको ठाँउमा) अत्रि यस्तो लेख्नु उपयुक्तहो तर चलन ठाँउको नामबाट थर चलाईयो।