थोर्गाका अत्रिवंशजहरूको ऐतिहासिक विवरण

थोर्गाका अत्रिवंशजहरूको ऐतिहासिक विवरण – रविलाल गौतम
१. थोर्गाको सामान्य चिनारी
लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि सुदूरपूर्वमा रहेको हरियालीले भरिपूर्णसर्लक्क परेको डाँडाँ र पाखा–पखेरा भएको अत्यन्त प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण सदाबहार साथै अत्यधिक चिसो र तातो नहुने रमणीय स्थललाई थोर्गा भनिन्छ । यहाँको नगदे वालीका रूपमा उत्पादन हुने उँखू, खुदो रगुण स्याङ्जा, पाल्पा, पर्वत, बागलुङ्, अर्घाखाँची जिल्लाहरूमा व्यापार हुने गरेको थियो भने हाल आएर नेपालका विभिन्न स्थानमा आफ्नो व्यवसायबाट उत्पादित उखू, खुदो र गुण व्यापार गरी थोर्गाले आफ्नो पहिचान अभिवृद्धि गर्न सफल भएको छ ।
२०१७ सालमा पूर्ण बहुमत प्राप्त संसदीय प्रणालीलाई राजा महेन्द्रबाट अपदस्त गरे पश्चात् पञ्चायती व्यवस्था सुरुवात भएसँगै थोर्गा, चिउरेक, रिडीँ, भटुकुवा, बोहाँ, अगँहा, लामाखर्क, झमादी, ओखलढुङ्गा, दार्शिङ्गवास, तल्लो ग्वादीलाई समेटेर एकीकृत गरी २०१९ सालमा सिंगापुर गाउँ पञ्चायत बनेको थियो । सिंगापुर गाउँ पश्चायतको २०१९ को निर्वाचनमा गोकर्णराज शास्त्री (गौतम) पहिलो प्रधानपञ्च बन्नु भयो । त्यसपछि गोकर्णराज शास्त्री जिल्ला पञ्चायतको सभापतिमा चयन हुनु भयो । आफूले समाल्दै आएको प्रधान पञ्चको कार्यभार उप–प्रधानपञ्च ओमनाथ गौतमलाई सुम्पिनु भई त्यसपछि गोकर्णराज शास्त्री गौतम राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित हुनुभई गाउँ, टोल, समाज, जिल्ला र राष्ट्रको सेवा गर्ने अवसर प्राप्त गनुर्् भयो । गाउँ पञ्चायतहरू पुनः संरचना हुने क्रममा सिंगापुर गाउँ पञ्चायतलाई ५ वटा गाउँ पञ्चायतमा वर्गीकरण गरियो ।
१) थानपति
२) गौतम टोल
३) चिउरेक
४) रुरु
५) इन्द्रवती
गाउँ पञ्चायतको नामकरण गरी राजनैतिक अधिकार सहित व्यवस्थापकीय विभाजन हुन गयो । विभाजित भए पश्चात् गौतम टोल गाउँ पञ्चायतको पहिलो निर्वाचनमा घाटेबैद्य भनिने रुक्मांगतगौतम प्रधानपञ्चमा निर्वाचित हुनु् भयो ।त्यसपछिको निर्वाचनमा गौतम टोल गाउँ पञ्चायतको प्रधान पञ्चको रूपमा नीलकाण्ठ गौतमनिर्वाचित भई समाजमा भएका विभिन्न खाले भेदभाव र असहिष्णुताका विरुद्ध सशक्तरूपमा समाजलाई जुरुक्क उठाई परिवर्तनको दिशा तर्फ रूपान्तरण गरी अगाडि बढ्ने र बढाउने कार्यमा संलग्न रहनु भएकै कारणत्यसक्षेत्रकै अति चर्चित र योग्य कुशल राजनैतिक व्यक्तित्वको रूपमा सम्मानित हुनु भयो । २०६२÷०६३ को जनआन्दोलन पश्चात् गणतन्त्रिक संघीय राज्य व्यवस्थाद्वारा निर्धारण गरिएको रुरु क्षेत्र गाउँपालिकाको पहिलो जननिर्वाचित अध्यक्ष भई सामाजिक सेवामा रुरुक्षेत्र गाउँपालिकाको सेवा गर्दै आइरहनु भएको छ । २०३१÷२०३२ साल तिर गाउँ पञ्चायतहरूको पुनः संरचना गर्ने क्रममा गौतमटोल गाउँ पञ्चायत विगठित भई थानपति गाउँ पञ्चायतमा गाभियो । त्यसपश्चात् २०४६ साल पछि बहुदलीय राज्यव्यवस्था सुरु भएसँगै गौतमटोल थानपति गाउँ विकास समितिमा परिणत हुन् गयो । ६२÷६३ सालमा राजतन्त्र अन्त्य भए पश्चात् मुलुक संघीय गणतान्त्रिक शासन प्रणालीद्वारा राज्य पुनः संरचना हुने क्रममा रुरुक्षेत्र गाउँपालिका अन्तर्गत वार्ड नंं ३ मा थानपतिलाई राखिएको छ । जसलाई थोर्गा भनि चिनिने गरेको छ । रुरुक्षेत्र रिडीदेखि माथि रातामाटा चिउरेक हँुदै एक दुई घण्टा उकालो पैदल हिडेपछि गौतमहरूको बसोबास रहेको स्थान जसलाई अहिलेपनि गौतमटोल भनिदै आएको ठाउँमा पुग्न सकिन्छ । गौतमटोलको खोरवारी पोखरा भन्ने ठाउँमा रहेको जय दुर्गाभवानीबाट, कालिगण्डकी र ऋीषिकेशको मन्दिर सजिलै देख्न सकिन्छ । रुरुक्षेत्र नेपालको चर्चित एवं धार्मिक ऐतिहासिक तीर्थस्थलका रूपमा हामी हिन्दुहरूको पुण्यभूमि साथै मुिक्तक्षेत्र र पौराणिक ऋषि–महर्षिहरूले तप–ध्यान गरेको देव स्थलको रुपमा मानि आएका छौ । मुक्तिनाथबाट बग्दै आएकी पवित्र कालीगण्डकी विष्णु भगवानको निरन्तर दर्शन गर्दै सो स्थानलाई पवित्र बनाउँदै आफ्नो यात्रा अगाडि बढाई रहेकी छन् । यिनै नदीको तटमा विष्णु भगवान्को प्रतिमूर्तिका रूपमा रहने गरेका शालिग्राम पुण्यात्मा भएका भक्तजनहरूले मात्र प्राप्त गर्न सक्छन् भन्ने भनाइ अहिलेसम्म रही आएको छ । विभिन्न मठ मन्दिर देवालय र ऋषि–मुनिहरूले तपस्या गरेको गलफुले गुफा गुल्मी जिल्लाको रिडी बजार क्षेत्रमा रहेको छभने प्रत्येक वर्ष कार्तिक महिनामा पर्ने ठूली एकादशीको मेला र माघेसंक्रान्ति मेला लाग्ने गर्दछ । ठूली एकादशी र माघे संक्रान्तिका दिन काली गण्डकीको स्नान गरी पाल्पा जिल्लामा रहेको हृषीकेष विष्णु भगवानको दर्शन गर्नाले पापबाट मुक्ति पाई मृत्यु पश्चात् सजिलै बैकुण्ठधाम प्राप्त गर्न सकिन्छ भन्ने जनविश्वास र मान्यताभएकोेले नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजन, श्रद्धालु र तीर्थालुहरू पवित्र यस पावन भूमिमा आई एकचित्त भई तप–ध्यान दान–पुण्य एवं यज्ञ–यज्ञादी गरेको पाइन्छ । देवदत्तऋषिले तप–ध्यान, योग र तपस्या गरेको स्थानलाई गलफुले र भृगुऋषिले तपध्यान गरेको स्थानलाई भृगुतुङ्गेश्वर भनिन्छ ।
२. थोर्गामा जयनारायण वंश
गुल्मी जिल्ला थोर्गा गौतमटोलमा बसोबास गर्ने गौतमहरू कहाँबाट कसरी आएर बसोबास गरेका हुन् भन्ने सन्दर्भमा खोज तलास गर्दै जाँदा हाम्रा अग्रज पुर्खा ३९ औं पुस्ताका जयनारायण गौतम बागलुङ्ग जिल्लाको सल्यान सुखौरा भन्ने ठाउँबाट आई गुल्मी थोर्गामा बसोबास गरेको विभिन्न समयमा प्रकाशित भएका वंशावली हरूले प्रस्ट उल्लेख गरेको र थोर्गा गौतमटोलमा बसोबास गर्ने हामी गौतमहरूको यस विषयमा एकमत रहेको छ । बागलुङ्ग जिल्लाको सल्यान सुखौरा भन्ने ठाउँबाट गुल्मी थोर्गामा आई किन बसोबास गरे ? यसै सन्दर्भलाई महŒव दिई थाहा पाए सम्म खोज तलास गर्ने सिलसिलामा हामीले सल्यान सुखौरामा जन्मिएका हाल नारायणघाट क्षेत्रपुर निवासी अग्रज थानेश्वर गौतम र गुल्मी थोर्गा निवासी अग्रज नीलकण्ठ गौतमसँग बसी छलफल भए पश्चात् सत्य–तथ्य र बास्तविक खुल्न आए अनुसार सविस्तार वर्णन गर्ने प्रयास गरिएको छ । यस विषयमा अनुसन्धान गर्दै जाँदापछि अन्य थप सामग्री प्राप्त हुन आएमा पछि प्रकाशित हुने वंशावलीमा समावेश गरी प्रकाशित हुने नै छ । गुल्मी–थोर्गामा बसोबास गर्ने ज्ञवाली थर भएका (नाम र स्थान थाहा नभएको) ज्ञवालीले सल्यान सुखौरा निवासी ३८औं पुस्ताका नामै गौतमलाई आफ्नी छोरी कन्यादान (विवाह) गरिदिए पश्चात् नामै गौतमको ससुराली सम्बन्ध थोर्गाका ज्ञवालीसँग रहन गयो । नामै गौतमकी पत्नीलाई सल्यान सुखौरा निवासी
त्यहाँका सम्पूर्ण दाजुभाइहरूले मेलापात तथा अन्य कामको शिलशीलामा थोर्गेली थोर्गेली भन्दै जाँदा उनैको कोखबाट जन्मिएका ३९औं पुस्ताका बलिभद्र र जयनारायण गौतमलाई पनि थोर्गेली गौतम भन्न थालिएको रहेछ । बलिभद्र जयनारायण मामाघर थोर्गा आउने जाने भेटघाट र सम्पर्क निरन्तर हँुदै जाँदा जयनारायण गौतमलाई आफ्ना मावलीहरूले अति इज्जत र मानसम्मान गर्न थालेपछि वहाँ प्रभावित भई हाल घुडिआँप कमल गौतम बसोबास गर्दै आइरहेको घर–घडेरीमा जयनारायण गौतम बसेको भन्ने खुल्न आएको छ । जयनारायण गौतमबाट थोर्गाका ज्ञवालीहरू किन प्रभावित भए भन्ने विषय माथि अध्ययन गर्दावहाँजन्म–मृत्यु, व्रतबन्ध–विवाह यज्ञ–यज्ञादीजस्ता हाम्रा धार्मिक–परम्परा, रीतिरिवाज, सामाजिक काम, संस्कारजन्य विभिन्न वैदिक विधि विधानहरूमा निकै निपूर्णता र सक्षम साधक एवं अति इमान्दारिताका साथ नैतिक आचरणलाई व्यवहारद्वारा सिद्ध गर्नसक्ने विद्वान् हुनु भएका कारण थोर्गाका ज्ञवालीहरू प्रभावित भई जयनारायण भान्जालाई सल्यान सुखौराबाट झिकाई उच्च मान–सम्मानका साथ पूजनीय पण्डितको रूपमा स्थापित गरे । जयनारायण वेद, पुराण र धर्म ग्रन्थहरूको व्याख्या गर्न दक्ष र क्षमता भएका ज्ञानी पण्डित भएको भन्ने केही व्याख्याकारहरूले सुनि बुजेको भन्ने गरेको पाइन्छ । जयनारायणका दाजु बलिभद्रलाई सल्यान सुखौरामा थोर्गेली गौतम भन्ने गरिन्थ्यो । बलिभद्रका ४६औं पुस्तासम्मका सन्ततिहरूलाई थोर्गेली गौतमवंशका सन्तान हुन भनेर वाग्लुङ्गको सल्यान सुखौरामा चिनिने गरेको पाइएकोले थोर्गामा बसोबास गर्ने गौतमहरू ३९ पुस्ताका बलिभद्र र जयनारायणका सन्तानहरू एउटै वंशका हांै भन्ने स्वतः प्रमाणित हुन आउँछ । जयनारायण गौतमका एक भाइ मात्र छोरा थिए । उनी बुद्धिधर हुन् । बुद्धिधरका ४ भाइ छोरा हुन् । ४ भाइका सन्तानहरू गुल्मीको थोर्गा, पाल्पाको मोहरे, रूपन्देहीको मधौलिया, बुटवल उपमहानगरपालिकाको कान्छी बजार, जीतगढी, नयाँगाउँ, बेलवास, योगीकुटी, छपिया पोखरावारी, फर्साटिकर, तिलोत्तमाको शंकरनगर, सैनामैनाको मुर्गिया, रानीवगिया, कपिलवस्तुको वैरिया, बाँकेको नेपालगञ्ज, परासीको बर्दघाट, गैंडाकोट र अरुणखोला, काठमाडौंको थापाथली, गौशाला एवं अन्य विभिन्न स्थानहरूमा, मित्रराष्ट्र भारतको आसाममा, अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा र अन्य विभिन्न मुलुकहरूमा समेत फैलिएर स्थायी बसोबास गरेका छन् । यिनै ४ भाइका सन्ततिहरूमध्ये केही नेपालको प्रशासनिक निकायका उच्च तहमा पुग्न सफल भए भने कोही उच्च राजनीतिज्ञ पदभार ग्रहण गरी समाज र राष्ट्रको सेवामा समर्पित हुन पुगे । केही धार्मिक–पौराणिक क्षेत्रमा, केही शिक्षा सेवामा, केही कृषि–पशुपालनमा, केही स्वास्थ्य सेवामा, केही सार्वजनिक प्रशासनिक सेवामा, केही बैंकिङ्ग तथा व्यवसायिक क्षेत्रमा, केही व्यापारमा र केही विज्ञान प्रविधिको क्षेत्रमा संलग्न भई राष्ट्र सेवामा समर्पित भएकोे पाइन्छ । ३९ औं पुस्ताका बलिभद्र र जयनारायण दुई भाइ हुन् भनी सल्यान–सुखौरामा जन्मनु भएका थानेश्वर शर्मा गौतमद्वारा संकलित र प्रकाशित गौतम वंशावली–२०७४ मा उल्लेख भएको पुस्ता विवरण अन्यथा होइन भन्ने हाम्रो समेत राय मिल्न आएकोले यसैलाई आधार मानी जयनारायण गौतम वंशावली तयार गरी प्रकाशन गर्ने जमर्को गरियो । यसभित्र कहीं कतै छुटफुट र त्रुटि भएको हुन सक्छ, त्यसलाई मानवीय त्रुटिका रूपमा ग्रहण गरी दिनुहुन हार्दिक अनुरोध छ ।
३. अत्रिवंशको ऐतिहासिक विवरण
सनातन हिन्दु धर्म, संस्कृति र संस्कारअन्तर्गत विभिन्न ऋषि–महर्षिद्वारा सृजना गरिएका पुराणहरूमा व्याख्या गरिए अनुसार त्रिदेवमध्येका ब्रह्मदेवले पृथ्वी मानवरहित हुनु शोभायमान हुदैँन भन्ने पवित्र उद्देश्य राखेर दश मानसपुत्रको उत्पत्ति गर्नु भएको थियो । ती दश मानसपुत्रहरूको नाम यसप्रकार वर्णन गरिएको छ । १) मरिचि २) अत्रि ३) अंङ्गिरा ४) पुलत्स्य ५) पुलह ६) कृतु ७) भृगु ८) वशिष्ठ ९) दक्ष १०) नारद । माथि उल्लेखित दश मानसपुत्र मध्ये ब्रह्माजिको नेत्र (आँखा) बाट अत्रि नाम गरेका ऋषिको जन्म हुन गएको हो । अत्रि ऋषि वेदका प्रखर मन्त्रद्रष्टा, तप–ध्यान, ज्ञान, यज्ञ–यज्ञादिका साथै विश्व महाकल्याणकारी कृतिहरू रचना गर्नुका साथै नीतिशास्त्र, अत्रिस्मृति, अत्रिसंहिता जस्ता अनेकौ धर्मग्रन्थहरूको रचना गरी लोक कल्याणमा समर्पित भई व्यापक प्रशस्ति प्राप्त गर्नु भएको थियो । अत्रि ऋषि र अनसूयाले महादेवको तपस्यामा लीन भएका कारण महादेव निकै प्रसन्न भई वरदान स्वरूप केदारखण्डमा अत्रिस्वर ज्योर्तिलिङ्ग स्थापना हुन गएको हो भन्ने पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।तप, ध्यान र योगमा आफूलाई कत्ति पनि विचलित नगरी मर्यादित र महावैदिकज्ञान आर्जन गरी
ऋषिहरू मध्ये एक चर्चित ऋषिका रूपमा अत्रिऋषिले आफ्नो पहिचान सर्वत्र फैलाएका थिए । धर्मशास्त्र,नीतिशास्त्र, वैदिक ज्ञान हासिल गर्नका लागि थुप्रै चेला र शिष्यहरू अत्रिऋषिको आश्रममा रहने गरेको वाल्मीकि रामायणमा उल्लेख गरिएको छ ।त्रेता युगमा मर्यादापुरुषोत्तम राम अयोध्याका राजा दशरथका जेष्ठ सुपुत्र थिए । राजा दशरथले राजगद्दी रामले नपाउने घोषणा गरेपछि पिताको आज्ञा सिरोधार्य गरी राम चौध वर्ष बनवास जान बाध्य भएका थिए । चौध वर्ष बनवासको समय क्रमसँगै घुम्दै फिर्दै बाल्मीकि आश्रममा गई केही समय त्यहाँ बिताएर बाल्मीकि ऋषिसँग म अब जंगलमै जान्छु, घुम्छु, फिर्छु, त्यतै रमाउँछु ऋषिवर अब म तपाईसँग बिदा हुन्छु भनी त्यहाँबाट राम, लक्ष्मण र सीता सिधै चित्रकुट अत्रि ऋषिको आश्रम पुगेपछि अत्रि ऋषिलाई देख्नासाथ ऋषिको पाउमा शिर झुकाएर म त राम हुँ भन्दै आफ्नो परिचय दिनासाथ, अत्रि ऋषि अति खुसिभई हर्षउल्लासका साथ रामको पूजा गरी बिन्ती गर्दै मैले तपाईँलाई चिन्दछु, जान्दछु । तपाईको लीला सबै मलाई थाहा छ, भनी एक आपसमा वार्तालाप भईरहेका बेला ऋषि पत्नी अनसुयालाई बाहिर नदेखेपछि सीता माताबाट सोधनी भयो । ऋषिले वृद्ध भइसकेकी असक्त अवस्थामा रहेकी छन्, कुटीभित्रै बसिरहेकी छन् । भन्नासाथ सीताले म भेट गर्न जान्छु भनीरामको आज्ञा लिई कुटीभित्र जाने निधो गरिन् । रामले सीतालाई धेरै समय त्यहाँ नबिताउन छिटै फर्केर आऊनु भनी सीतालाई आज्ञा दिनु भयो । अब बल्ल सीतालाई पाएर मेरी श्रीमतीले आफू जन्मेको सार प्राप्तीसँगै मुक्ति पाउने भइन् भनी अत्रि ऋषि निकै खुसी हुन पुगे । सीता कुटीभित्र पसी अनसुयाको पाउँमा शिर झुकाई प्रेम भाव देखाई माया गरेका कारणले अनसुया निकै हर्षित हुन पुगिन् । अनसुयाले उपहार स्वरूप सीतालाई जोर जोर कुन्डल र सारी दिई अङ्ग राग फेर चढाइन् । उपहार स्वरूप सीतालाई प्रदान गरिएको अलौकिक बस्त्र र कुण्डल सीताले धारण गरेकी हुनाले रावणले अपहरण गरी लङ्का लिएर गएपछि, सीताको सतित्व हरण गर्नका लागि विभिन्न उपायहरू रावणले रचना गरे पनि सतित्व हरण गर्न किमार्थ नसक्नुको कारण थियो । अनसुयाले दिएका अलौकिक बस्त्र र कुण्डल सीताले धारण गरेकी हुनाले सीताको सतित्व रावणले हरण गर्न असफल भएको थियो । ती वृद्ध र असक्त अवस्थामा रहेकी ऋषि पत्नी अनसुयाले सकी नसकी भएपनि रात्रिको भोजन म
आफै तयार गर्छु भनी विभिन्न मीठा मिष्ठान्न राजकीय परिकार तयार गरी राम सीता र लक्ष्मणलाई उच्च मान सम्मानका साथ भोजन गराई सकेपछि रामको यश मान मर्यादा र विलक्षण लीलाका विषयमा एक भक्त भई गुणगान सहित रामको अपार कृत्रिको वर्णन अत्रि र अनसुयाले गरे भनी वाल्मीकि रामायणको अयोद्धा काण्डको अन्त्यमा उल्लेख गरिएको छ । अत्रि ऋषिले तप–ध्यानद्वारा बत्तीस धर्म ज्ञान र १३६ कला शिल्प ज्ञान प्राप्त गर्नु भएकाले ऋषि आश्रममा नीति शास्त्र र धर्म ज्ञान हासिल गर्नका लागि थुप्रै शिष्यहरू रहने गरेको समेत वर्णन भएकोे छ ।
धर्मशात्र, नीतिशात्र र कला–शिल्पशिक्षा ज्ञान प्राप्त गर्ने उद्देश्य राखी मर्यादा पुरुषोत्तम राम वेदमन्त्र द्रष्टा अत्रि ऋषिलाई भेट्न अत्रि आश्रम चित्रकुट पुगेका थिए । रामले धर्मशात्र, नीतिशात्र, कलाकौशल ज्ञान र उपदेश अत्रि ऋषिबाट ग्रहण गर्नुभयो भने पतिब्रता धर्म, नीतिशास्त्र र उपदेश अनसुयाबाट सीताले ग्रहण गर्नुभयो । एक रात त्यहाँ सीता, राम र लक्ष्मणले बिताई अर्को दिन बिहान अत्रिसँग बिदावारी भई जङ्गल तिर लाग्छु मलाई एउटा शिष्य बाटो देखाउन अगुवा पठाई दिन प¥यो भनि रामले अनुरोध गरेपछि ऋषिले आफ्ना आश्रममा भएका धेरै शिष्यहरूलाई लिई एक कोष टाढा सम्म राम लक्ष्मण र सीतालाई छोड्न गएको बाल्मीकि रामायणको अरण्य–काण्डमा लेखिएको छ ।
कर्मद ऋषि र देवहुतिकी छोरी कपिल ऋषिकी दिदी अनसुया नाम गरेकी कन्यासँग अत्रि ऋषिको विवाह भयो । यिनै अत्रि र अनसुयाबाट जन्म भएका तीन पुत्र यसप्रकार छन् १) दत्तात्रेय २) दुर्वाषा ३) सोम (चन्द्रमा)
। आत्रेयी नाम गरेकी एक छोरीको विवाह अग्नि–पुत्र अंङ्गगिरासँग भयो भने तीन पुत्रहरू मध्ये दत्तात्रेय र दुर्वाषा ऋषिले विवाह नगरेको हुनाले उनीहरूको सन्तान भएको देखिदैंन । सोम (चन्द्रमा) ले विवाह गरेको हुनाले उनैका सन्तानहरूको वंश अत्रिवंश रहन गएको हो । सोमबाट बुध, बुधबाट पुरुरवा, पुरुरवाबाट नहुष, नहुषबाट ययाति र ययातिबाट कार्तवीर्य जस्ता महापुरुषहरू यसै वंशमा भए । विश्वामित्र जस्ता राजर्षि एवं भरत, युधिष्ठिर आदिजस्ता पुराण प्रसिद्ध राजाहरू यसै वंशका हुन् भनि २०६९ सालमा प्रकाशित गौतम वंशावलीमा खेमलाल गौतमले प्रकाश पार्नु भएको छ । यिनै धर्म–पुराण प्रसिद्ध महर्षिहरूपछि अत्रि वंशलाई सिलसिलेवार रूपमा एकपछि अर्को गर्दै वंशीय क्रमवद्धतामा फेला पार्न नसकेको र खोज तलासकै सन्र्दभमा रहेको भनी विभिन्न समयमा प्रकाशित हुन आएका वंशावलीहरू तयार गर्ने विद्वान्–पण्डितहरूको राय छ । ऋतुभद्रलाई मूल
पुरुष मानी वंशवली प्रकाशन गरेको पाइएको हुनाले हामीले पनि सोही विषयवस्तु लाई आधार मानी ऋतुभद्रलाई मूल पुरुषकै रूपमा गणना गरे छौं । अत्रिवंशका सन्तान ऋतुभद्र र आठौ पुस्ताका कासिदास नाम गरेका भारतको कनौज क्षेत्रको हरियाणबाट नेपालको पश्चिम विशाल जुम्ला राज्यमा प्रवेश गरेका थिए भन्ने प्रमाणित २०५६ सालमा दाङ्बाट प्रकाशित गोतामे वंशावलीमा वाणि–बिलासद्वारा लिखित हस्ताक्षर प्रतिको फोटोकपी छापिएको छ । त्यही फोटोकपीमा गौतमका आदिपुर्खा कासिदास कन्नौज क्षेत्रको हरियाणाबाट आएका मुल पुरुष थिए भन्ने उल्लेख छ । सनातन वैदिकधर्म र संस्कृतिको रक्षा, संरक्षण र प्रवर्धनका लागि षट् शास्त्रवेत्ता तथा चतुर्वेदमा पारङ्गत काशिदासलाई सिंजा प्रदेशका राजाद्वारा निकै सम्मान गरी जग्गा जमिन विर्ता दिएपछि त्यहीं वस्न थाले । उनै काशिदास देखि कति पिडि पछिका सन्तान निम्बक हुन खोजकै गर्भमा रहेको छ । निम्बुकका छोरा ब्राह्मणी तर्फका चार भाइ १. गोलास्य २. कपडि ३. सिगरु ४ं केदार हुन् यिनै ४ भाइलाई सिंजाका नरेशले जग्गा जमिन भोग चलन गरी खानु भनि गोलास्यलाई सिंजाकै राज गुरु बनाई राखे कपडि काब्रुलाई हालको रुकुम जिल्लामा पर्ने गोतानकोटको जग्गा जमिन विर्ता दिए सिगरूलाई रारादहको खोला खत्यार फाट र केदारलाई लेव्रमको जग्गा विर्ता सहित उपाधि पाएका थिए । नरेशद्धारा दिइएको उपाधि पछि थर रहन गएकोले अत्रि वंश भित्रका चार भाइको थर गोतम, खत्यौडा, मिश्र र अवस्थि रहन गयो । खस आर्य राज्यभित्र चापागार्इँ, ठाडाराई, अधिकारी, ओझा, कडरिया, श्रिमल्ल, पहाडी, शाही, ठकुरी, समाल, हमाल, जोशी र डोटेल थर भएकाहरूको पनि गोत्र अत्रिगोत्र हो । रुकुम जिल्लाको गोतामकोट भन्ने ठाउँको जग्गा जमिन बिर्ता पाएर खस राजाको संरक्षणमा बसोबास गर्दैजाँदा यिनै काब्रुले प्राप्त गरेको गोतम उपाधिपछि थरमा परिणत भई गोतम लेख्ने चलनको सुरुवात भयो । यिनै काबडी÷काब्रीका सन्तान अठाइसौँ पुस्ताका लक्ष्मीधरका चारभाइ छोराहरू १. दिबोदास २. हरिदास ३. श्रीदास ४. श्रीधर हुन् । यिनै चार भाइ मध्येका २९आँै पुस्ताका श्रीधर रुकुम जिल्लाको गोतामकोटबाट
अर्घाखाँची जिल्लाको खिदिम भन्ने ठाउमा आए । त्यहाँ राजा रामसिंह वर्माको राज्य शासन थियो । यिनै राजाले ठूलो नयाँ दरबार बनाउन लागेका रहेछन् । कुसाइतमा दरबार बनाउन लागेकोले यहाँ ठूलै अनिष्ट पर्छ कोही न कोही मर्नेछ भनी श्रीधर त्यहाँबाट हिडेछन् । बनाउँदै गरेको दरवार भत्किएर केही कामदारको मृत्यु भएपछि उनको भविष्यवाणि मिल्न गएछ । काम गर्ने कामदारहरूले एउटा ब्राह्मणले अनिष्ट हुन्छ भन्दै आफ्नो बाटो लागे भनी राजा राम सिंहलाई सुनाएछन् त्यसपछि चारैतिर राजाले श्रीधरलाई खोज्न लगाए र फेला पारी दिनैभरी हिँडी फेर मार्न सक्ने क्षेत्रभित्रको जग्गा जमिन विर्ता दान दिइ उनलाई त्यहाँ राखेछन् । यिनै श्रीधरले बनाएको कनक सुन्दरी देवीको मन्दिरलाई हाल दशै घर भन्ने चलन छ । रुकुम जिल्लाको गोताम भन्ने स्थान बिर्ता पाएका (काबरि) को पालादेखि गोत्र अत्रि र थर गोतम, गोताम वा गोतामे भन्ने लेख्न सुरुभयो । उनीभन्दा अगिल्ला पिँडीहरूले अत्रि वंशि भनेर भन्ने गरेको पाइन्छ । धादिङ्ग जिल्लाको जीवनपुर भन्ने ठाउँमा जन्मिनु भएका प्रकाण्ड विद्वान् पण्डित कुलचन्द्र गौतमले साहित्यमणि साहित्यभूषण विद्वत्शछ्र्रीरोमणि र प्रवल गोदवा जस्ता मानपदवीबाट विभूषित हुनुहुन्थ्यो। वहाँ अध्ययनको शिलशिलामा भारतको वनारस पुग्नुभयो । त्यहाँको विद्वान् तैलङ्ग गङ्गाधर शास्त्रिबाट शिक्षा अध्यन गर्दै जादा उनले गोतामे थर अशुद्ध हन्छ, शुद्ध गौतम हो, अबदेखि गौतम लेख्न सुरुगर भन्ने सुझाबअनुसार वहाँले त्यसपछि गौतम थर लेख्न थाल्नुभयो । कुलचन्द्रको पालादेखि विभिन्न स्थानमा बसोबास गर्दै आइरहेका गोतामे बन्दुहरूले गौतम लेख्न थालेका हुन् । अझै पनि केही जिल्लाका कुना कन्दरामा रहेका अत्रि गोत्रीय बन्धुहरूले गोतामे थर लेख्ने गरेको पनि पाइन्छ ।कपडि÷काबरीका सन्तान मध्ये रोल्पा जिल्लाको रुमटामा जन्मिनु भएका बासुदेव गौतम ब्राह्मणका नाति अनिरुद्र खत्रीका छोरा नारायण खत्री गौतम ६ बर्षे वाल्यकालदेखि सन्यास धारणागरी वालतपस्वीका रूपमा आफूलाई परिवर्तन गरी आफ्नो जन्म घर छाडी तपस्या गर्न थाल्नुभयो । आफ्नो नाम नारायण खत्री गौतमलाई परिवर्तन गरी हंशानन्द गिरी भन्ने नामकरण गरी आफैले धारणगरी प्युठान जिल्लाको लेकमा गई तपस्या गर्न थाले । आफुले तपस्या बसेकोस्थानलाई स्वर्गदारी आश्रम स्थापित गरी स्वर्गद्वारी प्रभूका नामले प्रसिद्धि प्राप्त गर्नुभयो। हंसानन्द गिरी (नारायण खत्रि) गौतमको जन्म वि.स. १९१६ श्रावण महिनामा भई वि.स. १९९७ मंसिर १७ गते देहत्याग गर्नु भएको थियो । हाल स्वर्गद्वारी नेपालको मात्रै तीर्थस्थल नभई छिमेकी मुलुक भारतको समेत मुख्य तीर्थस्थल बन्न पुगेको छ । प्रभुले गौतम थर भएका समस्त अत्रि गोत्रबन्धुहरूको नाम स्वदेश तथा विदेशमा अद्वितीय रूपले प्रकाश पार्नु भएको हँुदा हामी गौतमहरूले गौरवान्वित हुने अवसर प्राप्त गरेका छौं । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउपालिका हालका वांड.नं. ३ अन्तर्गत गौतम टोल जामुने पारी भन्ने ठाउँमा जन्मनु भएका विष्णुप्रसाद गौतम वाल्यकालदेखि ब्रह्मचारी भई भारतको वृन्दावनमा गई तपस्या गर्नुभयो । विलक्षण प्रतिभाका धनी वाल ब्रह्मचारी विष्णु गौतमलाई टाटम्बरी पनि भनिन्थ्यो । टाटम्बरी किन भनियो ? टाटको विछौना, टाटकै उपर्ना, टाटकै कौपिनमा रहने गरेको हुनाले टाटम्बरी भनियो । वहाँलाई भागवतका अठार हजार श्लोकहरू कण्ठस्थ थिए र वहाँले भागवत मन्दिर निर्माण गर्नका लागि भारतको विन्द्रावन स्थित केही भूमि खरिद गरी मन्दिर निर्माण गर्ने क्रममा विवाद उत्पन्न भएका कारण निर्माण गर्न थालिएको मन्दिर निर्माण हुन नसकी वहाँ त्यहाँबाट नेपालको देवघाट आउनु भयो । युवराज गौतम देशका विभिन्न जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी र मन्त्रालयहरुमा सहसचिव जस्तो उच्च गरिमामय पदमा रही राष्ट्रको सेवामा समर्पित भई निवृत्त हुनु भएका युवराज गौतमद्वारा धार्मिक एवं संस्कृतिक, साहित्य क्षेत्रमा विभिन्न पुस्तकहरु प्रकाशन गरी सक्नु भएको छ र प्रकाशोन्मुख अवस्थामा रहेका कृतिहरु पनि छिट्टै प्रकाशित हुने छ भन्ने अपेक्षा राख्दछौं । उहाँ हाल काठमाडौंको थापाथलीमा स्थायी रुपमा बसोवास गर्दै आईरहनु भएको छ । त्यसैगरी थोर्गा गौतम टोलमा जन्मिनु भएका मेदनी प्रसादका जेष्ठ सुपुत्र बाबुराम गौतम बाँके जिल्लाको खजुरा–२, के गाउँमा स्थायी बसोवास गरी सोही जिल्लाको क्षेत्र नं. ३ ख बाट लुम्बिनी प्रदेश सभा संसद बन्न सफल हुनु भएको छ ।
थोर्गा गौतम टोलमा जन्मिनु भएका गोकर्णराज शास्त्री कान्छा सुपुत्र सञ्जिव गौतम नगारिक उड्डयन प्राधिकरण (हवाई विभाग) को महाप्रबन्धक पदबाट हलसालै निवृत्त हुनु भएको छ र उहाँको काठमाडौंमै स्थायी बसोवास रहेको छ । रुरुक्षेत्र गाउँपालिका वडा नंं. ३ थोर्गा गौतम टोल निवासी केशवराज गौतमका जेष्ठ सुपुत्र बाबुराम गौतम मिति २०७६ सालको चैत्र २६ गते देखि २४ लाख गायत्री तप जपमा आफूलाई समर्पित गरी शास्त्रीय विधि विधान अनुसारको आचरणलाई सिद्ध गर्ने उद्देश्य लिई २४ लाख तप जप पूर्ण गरिसक्नु भएको छ । उहाँको लक्ष्य पूरा होस् भनी हामी थोर्गाका गौतम दाजुभाइहरूले सफलताको हार्दिक कामना गर्दछौँ । निम्बुकसम्म आइपुग्दा अत्रि वंश भनी विभिन्न स्थानबाट प्रकाशित अत्रि गोत्र वंशावलीहरूमा विद्वान्हरूको राय रहेको छ । निम्बुकपछिका सन्तानहरूको गोत्र अत्रि रहन गएको हो । निम्बुकका छोरा कपडी(कावरी) हुन्। यिनै का पालादेखि अत्रि गोत्र र गोताम ककथर रहन गएको माथिनै उल्लेख गरिएको छ । कावरीका छोरा २८ पुस्ताका लक्ष्मीधर हुन् । लक्ष्मीधरका छोरा २९ पुस्ताका श्रीधर हुन् । श्रीधरका छोरा ३० पुस्ताका श्रीदास हुन् । श्रीदासका छोरा ३१ पुस्ताका श्रीधरदास हुन् । श्रीधरदासका छोरा ३२ पुस्ताका गिरिधर हुन् । गिरिधरका ३३ पुस्ताका छोरा घुरु हुन् । घुरुका छोरा ३४ पुस्ताका पितु हुन् । पितुका छोरा ३५ पुस्ताका गोविन्द हुन् । गोविन्दका छोरा ३६ पुस्ताका दामु हुन् । दामुका छोरा ३७ पुस्ताका सानै हुन् । सानैका छोरा ३८ पुस्ताका नामै हुन् । नामैका छोरा ३९ पुस्ताका जयनारायण हुन् । जयनारायणका छोरा ४० पुस्ताका बुद्धिधर हुन् । बुद्धिधरका छोरा ४१ पुस्ताका एक लक्ष्मीनारायण, दुई सालिकराम, ३ दुर्गाप्रसाद, ४ सिद्धिनारायण, हुन् । जयनारायण गौतम (३९) को वंशलताछड
गुल्मी थोर्गा बुटवल रुपन्देही गौतम सम्पर्क समाज त्यसैगरी थोर्गा गौतम टोलमा जन्मिनु भएका मेदनी प्रसादका जेष्ठ सुपुत्र बाबुराम गौतम बाँके जिल्लाको खजुरा–२, के गाउँमा स्थायी बसोवास गरी सोही जिल्लाको क्षेत्र नं. ३ ख बाट लुम्बिनी प्रदेश सभा संसदबन्न सफल हुनु भएको छ ।
थोर्गा गौतम टोलमा जन्मिनु भएका गोकर्णराज शास्त्री कान्छा सुपुत्र सञ्जिव गौतम नगारिक उड्डयनप्राधिकरण (हवाई विभाग) को महाप्रबन्धक पदबाट हलसालै निवृत्त हुनु भएको छ र उहाँको काठमाडौंमै स्थायी बसोवास रहेको छ ।रुरुक्षेत्र गाउँपालिका वडा नंं. ३ थोर्गा गौतम टोल निवासी केशवराज गौतमका जेष्ठ सुपुत्र बाबुराम गौतम मिति २०७६ सालको चैत्र २६ गते देखि २४ लाख गायत्री तप जपमा आफूलाई समर्पित गरी शास्त्रीय विधि विधान अनुसारको आचरणलाई सिद्ध गर्ने उद्देश्य लिई २४ लाख तप जप पूर्ण गरिसक्नु भएको छ । उहाँको लक्ष्य पूरा होस् भनी हामी थोर्गाका गौतम दाजुभाइहरूले सफलताको हार्दिक कामना गर्दछौँ । निम्बुकसम्म आइपुग्दा अत्रि वंश भनी विभिन्न स्थानबाट प्रकाशित अत्रि गोत्र वंशावलीहरूमा विद्वान्हरूको राय रहेको छ । निम्बुकपछिका सन्तानहरूको गोत्र अत्रि रहन गएको हो । निम्बुकका छोरा कपडी(कावरी) हुन्। यिनै का पालादेखि अत्रि गोत्र र गोताम ककथर रहन गएको माथिनै उल्लेख गरिएको छ । कावरीका छोरा २८ पुस्ताका लक्ष्मीधर हुन् । लक्ष्मीधरका छोरा २९ पुस्ताका श्रीधर हुन् । श्रीधरका छोरा ३० पुस्ताका श्रीदास हुन् । श्रीदासका छोरा ३१ पुस्ताका श्रीधरदास हुन् । श्रीधरदासका छोरा ३२ पुस्ताका गिरिधर हुन् । गिरिधरका ३३ पुस्ताका छोरा घुरु हुन् । घुरुका छोरा ३४ पुस्ताका पितु हुन् । पितुका छोरा ३५ पुस्ताका गोविन्द हुन् । गोविन्दका छोरा ३६ पुस्ताका दामु हुन् । दामुका छोरा ३७ पुस्ताका सानै हुन् । सानैका छोरा ३८ पुस्ताका नामै हुन् । नामैका छोरा ३९ पुस्ताका जयनारायण हुन् । जयनारायणका छोरा ४० पुस्ताका बुद्धिधर हुन् । बुद्धिधरका छोरा ४१ पुस्ताका एक लक्ष्मीनारायण, दुई सालिकराम, ३ दुर्गाप्रसाद, ४ सिद्धिनारायण, हुन् ।
( बुटवल उपमहानगरपालिका वडा नं.–११, देवीनगर, रुपन्देहीमा स्थायी बसोवास गर्नुहुने लेखक श्री रविलाल गौतम नेपाल खाद्य संस्थानको सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी हुनुहुन्छ र हाल समाज सेवामा समर्पित हुनुहुन्छ । )